धनकुटा, १९ वैशाख । १२७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आइतबार धनकुटामा ¥याली निकालिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अगुवाइमा मजदुर संबद्ध एकदर्जन बढी संगठनहरूले संयुक्तरूपमा निकालेको ¥यालीले धनकुटा बजारको परिक्रमा गरेको हो ।
धनकुटा सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवासलगायत स्थानबाट सयौँको संख्यामा आएका मजदुरहरूले ब्यानर तथा प्लेकार्ड बोकेर विभिन्न नारा लगाउँदै बजारमा ¥याली प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले ‘धनकुटालाई प्रादेशिक राजधानी बनाऔँ’ भन्दै नारा पनि लगाएका थिए । मदनचौकबाट सुरु भएको ¥याली हुलाकटोल, परिचयमोड, बीचबजार, भीमनारायण चोकलगायत क्षेत्रको परिक्रमा गर्दै पुनः मदनचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई संबोधन गर्दै एमाले मोर्चा विभाग प्रमुख निरन राई, जिफन्ट अध्यक्ष भेषराज कटेल, एमाले नेता इन्द्रमणि पराजुली, टंक चुवान, पत्रकार महासंघका पूर्वअध्यक्ष विजयसन्तोषी राई, मजदुर नेताहरू गणेश थापा, सीताराम तामाङ, डा. खगेन्द्र कटुवाल, सावित्रा वाग्ले, रबिन कटेल, विकास मुखियालगायतले आफ्नो हकअधिकारका लागि मजदुरहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया