साना, १८ वैशाख । यमनमा केही समयदेखि जारी रहेको युद्धविरामको अनुगमन राष्ट्रसंघको रोहबरमा सुरु भएको जनाइएको छ । यमनको विश्व समुदायद्वारा मान्यताप्राप्त सरकार र सिया विद्रोहीबीच युद्धबिराम सुरु भएको हो ।
गत महिनादेखि सुरु भएको यस युद्धविरामको अवस्थाको अनुगमनका लागि बनाइएका समितिले विभिन्न छ सुरक्षा घेरामा रही आफ्नो काम सुरु गरेको हो । यमनी सुरक्षा अधिकारीले बताएअनुसार सरकारी र विद्रोही पक्षका लडाकूले पनि युद्धविरामको अनुगमन प्रक्रियामा सहभागिता जनाएका छन् ।
उनीहरूले आफ्नो पहिलो कामका रूपमा दुवै पक्षबाट बन्दी बनाइएका व्यक्तिहरूको सूची आदानप्रदान गर्ने र उनीहरूलाई रिहा गर्ने भएको दुवै पक्षका सुरक्षा अधिकारीले बताएका छन् ।
बन्दी रिहाइको प्रारम्भिक कार्यको सुभारम्भ पनि भइसकेको बताइएको छ ।यसपछि विद्रोहीले एक वर्ष पहिलेदेखि नियन्त्रणमा राखेको तायज सडकलाई खुलाउने काम हुनेछ । साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१४ को सेप्टेम्बरदेखि विद्रोहीको कब्जामा रहेको यमनी राजधानी सानालाई फिर्ता लिएको थिये ।
उता उक्त गठबन्धनले भने अलकायदा र इस्लामिक स्टेट समूहमा आवद्ध झुन्डहरूमाथिको कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया