भारी वर्षाबाट १४ को मृत्यु

नैरोवी । केन्याको राजधानी नैरोेवीमा भारी वर्षा भएको छ । शुक्रबार राति भएको सो वर्षाका कारण कम्तीमा १४ जनाको ज्यान गएको बताइएको छ । अकस्मात शुक्रबार राति भारी वर्षा भयो र त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान नै गएको छ– नैरोवी प्रहरीले जनाएको छ ।

सो वर्षाले राजधानी नैरोवीको जनजिवन तहस नहस बनाएको छ । यस वर्षाका कारण कैयौं व्यक्ति घाइते तथा हजारौँ जना विस्थापित भएका पनि प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । नैरोवीका प्रहरी प्रमुख जफेथ कुमले भनेका छन्, ‘शुक्रबार रातभरिको अविरल वर्षाकै कारण त्यसमा परी १४ जनाको ज्यान गएका छ र अरू कैयौं विस्थापित भएका छन् ।’

उनले वर्षाका कारण एउटा छ तल्ले भवन भत्किएको र त्यसमा रहेका सात जनाको घटनास्थलमै ज्यान गएको जानकारी दिए । पूर्वी नैरोवीको हुरुमा क्षेत्रमा यस्तो भिषण वर्षा भएको छ । वर्षाका क्रम शनिबार बिहान घटेपनि यसको खतरा भने नटरेको अधिकारीहरूको भनाई छ । (एजेन्सी)

प्रतिक्रिया