पाँचथर, वैशाख १८ । पाँचथरको अग्नीपीडितलाई एमालेले राहात वितरण गरेको छ । एमाले पाँचथरले स्याब्रूम्बा–७ र रानीगाउँ–७ का अग्नीपीडितलाई राहत वितरण गरेको हो ।
एमालेका जिल्ला नेताहरूको सक्रियतमा उनीहरूलाई शुक्रबार प्र्रतिपरीवार ४ हजार रूपैयाँ रमकसहित विभिन्न राहत सामाग्री र खाद्यन्न वितरण गरिएको छ । स्याब्रूम्बामा ४ दिनअघि भएको आगलागीबाट ७ घर जलेर नष्ट भएको थियो । सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि उनीहरू विचल्लिमा परेका थिए ।
त्यहाँ भएको आगलागी बाट टंकप्रसाद खतिबडा, टंक शिवा, वालहाङ चेम्जोङ, बमबहादूर पाण्डे, योगेन्द्र बोहोरा, कृष्णमाया खड्काको सम्पूर्ण सामाग्रीहरू जलेर नष्ट भएको थियो ।
त्यस्तै रानीगाउँ–७ का पूर्णकूमार खड्का र लोकप्रसाद सम्वाहाम्फेको पनि केही समय अधि घर जलेर धनमाल खारानी भएको थियो । उनीहरूलाइ पनी ४ हजार नगद एक बोरा चामल र अन्य सामाग्रीहरू वितरण उपलब्ध गराईएको हो । अग्नी पीडितलाइ एमाले केन्द्रिय सदस्य डम्बरसिंह सम्बाहाम्फेको नेतृत्वमा गएको टोलीले राहात वितरण गरेको छ ।
राहात वितरण कार्यक्रममा युवासंघ केन्द्रीय सदस्य नरबहादुर गरुङ, एमाले महिला नेतृ फिदिम नगरकी मुना नेम्वाङ, एमाले यूवा नेता फिदिम नगर अध्यक्ष पृथ्वी लावती, समाजसेवी तथा जनसांस्कृतिक महासंघ केन्द्रीय कोषाध्यक्ष भूमीका नेम्वाङलगायत कार्यकर्ता अग्नीपीडितलाई भेट्न पुगेका थिए । स्याब्रूम्बा क्षेत्रमा घर गोठ गरी १९ वटा जलेर नष्ट भएको छ । यसअघि दैबिप्रकोप उद्धार समिति र उद्योग वाणिज्य संघ पाँचथरले पनी अग्नीपीडितलाई राहात वितरण गरिसकेको छ ।
प्रतिक्रिया