विदेशीसँग रमितको रोमान्स

ramitकाठमाडौं, १८ वैसाख । चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा समावेश ‘अँगालोमा लुकाई दिउँकी’ बोलको गीतमा नायक रमित ढुंगानाले विदेशी नायिकासँग रोमान्स गरेका छन् । भर्खरै सार्वजनिक भएको गीतमा नायक रमित ढुंगाना र अमेरीकी मोडल न्याट्लीको अभिनय रहेको छ ।
गीतमा स्वरूपराज आचार्य र आस्था राउतको स्वर रहेको छ भने शब्द बिकास बिष्ट र संगीत सुरेश अधिकारीको रहेको छ । ७ जेठमा नेपालमा रिलिज हुने यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । भने यसको निर्मातामा नायक रमित ढुंगाना स्वंयम रहेका छन् ।

प्रतिक्रिया