सल्यान, १६ वैशाख । एकै परिवारको ४ जनाको हत्या गरेको आरोपमा सल्यान प्रहरीले सञ्जय भारतीलाई पक्राउ गरेको छ । उनलाई क्षेत्रीय प्रहरी कार्यालय कोहलपुरबाट ल्याइएको ‘भुन्टी’ नामको कुकुरको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत १४ गते राती छायाँक्षेत्र गाविस–९ रानागाउँका सीता खाँण, उनकी २ छोरी र बहिनीको हत्या गरेको आरोपमा भारतीलाई पक्राउ गरिएको हो । प्रहरीसँगको बयानमा उनले आफूले नै हत्या गरेको स्वीकारेका छन् ।
आफ्नै कोठामा सुतिरहेको अवस्थामा सीता खाँण उनको छोरीहरू साढे २ वर्षकी पवित्रा, ११ महिनाकी सविता खाँण र खाँणकी बहिनी शारदा नपा–८ मार्के घरभई साथमै बस्दै आइरहेकी १८ वर्षकी गीता गिरीलाई गाईवस्तु बाध्ने काठको किलोले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको अभियोगमा उनी पक्राउ परेको खत्रीले बताए ।
भारतीले जुठी अधिकारीलाई समेत घरमा सुतेको अवस्थामा टाउकोमा लाठीले प्रहार गरी घाइते बनाएको उनले बताए । रक्सीले मात्तिएर यौन सम्पर्क गर्न गाउँ पसेका भारतीले सो क्रममा विवाद हुँदा भैँसी बाँध्ने किलाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया