नयाँदिल्ली । भारत र पाकिस्तानका विदेशसचिव तहमा वार्ता भएको समाचार छ । मंगलबार नयाँदिल्लीमा वार्ता भएको समाचारमा जनाइएको छ । यसैवर्षको सुरुमा गर्ने भनिएको सो वार्ता भारतीय एयर बेसमा पाकिस्तानी पक्षले आक्रमण गरेको भनी भारतले विरोध गरेपछि रोकिएको थियो । सो आरोपपछि रोकिएको यस वार्ता मंगलबार नयाँ दिल्लीमा सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय विदेशसचिव एस जयसंकरले उनका पाकिस्तानी समकक्षी अजिज अहमद चौधरीसँग भेटवार्ता गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी दिएको समाचारमा उल्लेख छ ।
यसैवर्षको जनवरीमा भारत र पाकिस्तानका विदेशसचिव स्तरमा सो बैठक हुने भएको थियो । तर भारतको पठानकोटमा रहेको सैनिक एयर बेसमा गत २ जनवरीमा भएको आक्रमणपछि उक्त बैठक स्थगित भएको हो । आज भएको सो वार्ताको बारेमा विस्तृत विवरण भने केही दिइएको छैन । (एजेन्सी)
प्रतिक्रिया