वीरगन्ज भन्सारमा आगलागी

पर्सा । वीरगन्ज भन्सार कार्यालयमा मंगलबार अपराह्न भएको आगलागीलाई समयमै नियन्त्रण गर्दा ठूलो क्षति हुनबाट कार्यालय जोगिएको छ । कार्यालयको प्रवेश कक्षमा मंगलबार वेल्डिङबाट सल्केको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि ठूलो नोक्सान हुनबाट जोगिएको हो ।

भन्सार कार्यालयको गेटमा रहेको इन्ट्री कक्षमा वेल्डिङबाट कक्ष निर्माण भइरहेका बेला एक्कासि आगो सल्किएर आगलागी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । उनले आगलागीलाई चाँडै सशस्त्र प्रहरी र भन्सार कर्मचारीले नियन्त्रण गरेकाले ठूलो नोक्सान नभएको बताए । आगलागीमा परी इन्ट्री कक्ष र कक्षमा राखिएका दराज, कुर्सी, इन्ट्री रसिद जलेर नष्ट भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।

भन्सारमा भएको आगलागीलाई नियन्त्रण गर्न वीरगन्ज उपमहानगरपालिकाको बारुणयन्त्र समेतलाई प्रयोग गरिएको भन्सारले जनाएको छ । (सौस)

प्रतिक्रिया