सम्भावना र चुनौतीको शिखरमा शुभारम्भ

marasaini copyसोसियल इन्जिनियरिङ स्कुल नेपालले नयाँवर्षको अवसर पारेर राष्ट्रिय जागरण महाअभियान २०७३ को शुभारम्भ गरेको छ । महाअभियानको शुभारम्भ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला, एमाओवादीका महासचिव कृष्णबहादुर महरा, नवनिर्वाचित बारका अध्यक्ष शेरबहादुर केसीलगायत विभिन्न पेसाकर्मी, पत्रकार, बुद्धिजीवी र कलाकारको उपस्थितिमा गरिएको थियो । अभियानको शुभारम्भकै मौका पारेर समयसँग समन्धित म्युजिक भिडियो पनि सार्वजनिक गरियो ।

‘समयको अधिकार देश विकासको प्रमुख आधार’ भन्ने मुल नाराका साथ सुरु गरिएको महाअभियानले जति संभावना बोकेर आएको छ त्योभन्दा धेरै चुनौती पनि लिएर आएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित सदस्यहरूमा कपिलदेव ढकाल, रामचन्द्र गौतम, रामहरि नेपाल, दीपकराज जोशी, प्रमोदकुमार थापा, कृष्णबहादुर खनाल, कृष्णप्रसाद मरासिनी, आकृती खनाल र रमण भट्टराई गरी ९ सदस्यको प्रयासबाट मात्र महाअभियान पक्कै पनि सफल हुन सक्दैन । जसरी समयसम्बन्धी म्युजिक भिडियोको छायांकनको सन्दर्भमा विभिन्न व्यक्तित्वले स्वतःस्फुर्तरूपमा साथ दिएका थिए त्यसैगरी मानिसको सदभाव र समर्थनलाई कायम गर्दै कार्यान्वयनको पक्षमा लाग्नु निकै चुनौतीपूर्ण छ । अर्कोकुरा भिडियो छायांकनको समयमा भएको जनमानसको उपस्थितिलाई मात्रै आधार मानेर महाअभियानको कार्यान्वयन गर्न सकिँदैन किनकी यसको लागि व्यापक जनसहभागिता चाहिन्छ ।

समयमा कुनै पनि काम नहँुदा पर्न गएको असर र हनन् भएको मानिसको समयप्रतिको अधिकारको मनोविज्ञानलाई भावनात्मक र कानुनी सम्बन्ध स्थापित गदै आममानिसको समर्थन जुटाउनु पर्दछ । त्यसको लागि रातदिन खटिनुका साथसाथै संस्था आपँैmमा स्रोत साधनले सम्पन्न हुनुपर्दछ । सञ्चारमाध्यमको सकारात्मक सहयोगविना जस्तोसुकै ठूलो अभियान सञ्चालन गरे पनि सफल हुन गाह्रो पर्दछ । त्यसैले अभियानलाई सञ्चारकर्मीमाझ लैजानु र उनीहरूको सहयोग र समर्थन प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको छ ।

अभियानको लागि नभइनहुने महत्वपूर्ण कुरा नेतृत्व हो । कसले नेतृत्व गरेको छ भन्दा पनि नेतृत्व लिने संस्था र नेतृत्वकर्तामा यसको लागि चाहिने आवश्यक योग्यता र क्षमता छ कि छैन त्यो महत्वपूर्ण हो । त्यसैले संगठनभित्र संस्थागत र सामूहिक नेतृत्व प्रणालीको विकास गदै महाअभियानलाई जनजनमा पु¥याउनु पर्दछ ।

सुरुआतमा जस्तो किसिमको जोसजाँगर रहेको छ अन्तिमसम्म पनि त्यो यथावत रहिरहनुपर्दछ । सामूहिक भावनाबाट अगाडि बढेर सबैको सहयोग र समर्थनमा नेतृत्वले कार्य गर्नुपर्दछ । त्यो नेपालको सन्धर्भमा निकै चुनौतीपूर्ण छ । सदस्यहरूले समयानुकूल आफूमा निखार ल्याउँदै जानुपर्दछ । आफ्नो क्षमता अभिवृद्धि गर्ने, कार्यशैलीलाई उदाहरणीय बनाउने, अरूको अगाडि रोलमोडलको रूपमा प्रस्तुत हुने यी मुख्य चुनौतीका विषय हुन् । एकपटकको लागि विषयवस्तु उठान सबैले गर्दछन् । तर, त्यसलाई निरन्तरता दिएर कार्यमा अग्रसर रहिरहनु निकै चुनौतीपूर्ण हुन्छ ।

नेपालका प्रमूख विश्वविद्यालयदेखि अड्डा, अदालत, कलेज, शिक्षण संस्था, व्यापारिक निकाय, मन्त्रालय एवं विभागहरूले आपूmले तोकेको समयमा तोकेको काम सम्पन्न गर्न नसक्दा देश दिनानुदिन पछाडी पर्दै गइरहेको छ । यस सन्दर्भमा आममानिसमा पर्न गएको अप्ठेरो, वञ्चित हुन पुगेको अधिकार, समाजमा त्यसको असर सबैलाई मूल्याकंन गरेर हेर्ने हो भने जस्तोसुकै क्षतिपूर्तिको कुरा गरे पनि वास्तविक अवस्थाको प्रतिनिधित्व हुन असम्भव छ ।

महाअभियानले अंगीकार गरेका प्रमुख चार उदेश्यहरू :
१. सरकार र सरकारी संयत्र समय सदुपयोग गर्ने सम्बन्धमा उत्तरदायी छैनन् । कुनै पनि काम भनेको समयमा सरल सुलभ तरिकाले हुँदैनन् । आममानिसले सरकारी कामभन्दा बित्तिकै आत्तिने र अत्तालिने वातावरण रहेको छ । यस अभियानले सरकार र संबद्ध पक्षलाई उत्तरदायी बनाउन दबाबमूलक कार्यक्रम गर्ने । उसले आफ्नो कार्य समयमा फछ्र्यौट गर्ने वातावरण सृर्जना गर्ने । आम मानिसलाई पनि सरकारको समय र त्यसवाट सृजित अधिकारप्रति गुम्दै गएको जनविश्वासलाई पुनःस्थापित गराउने पहिलो उद्देश्य रहेको छ ।

२. दोस्रो अभियानका सदस्यले मात्रै दबाबमूलक कार्य गरेर पक्कै पनि अभियान सफल हुँदैन । आम नागरिकलाई समय सदुपयोगलाई आफ्नो दैनिक जीवनमा लागू गर्न प्रतिवद्ध गराउने र समयलाई अधिकारको रूपमा स्थापित गर्ने अभियानमा साथ दिन पनि तयारी अवस्थामा राख्नुपर्दछ । सबैले आफ्नो हक अधिकार र दायित्व सँगसँगै बोध गर्ने अवस्थाको जागृति सिर्जना गर्नुपर्दछ । त्यसका लागि विभिन्न पेसाकर्मी व्यवसायी संस्थाहरूलाई साथमा लिएर सबै ठाउँमा अभियान सञ्चालन गर्ने । पेसाकर्मी व्यवसायी संस्थामा नेपाल बार एसोसियसन, नेपाल चिकित्सक संघ, इन्जिनियरिङ संघ, शिक्षकहरूको छाता संगठन, पत्रकार महासंघ विभिन्न क्षेत्रमा रहेका बुद्धिजीवीलगायत सबैलाई अभियानमा संलग्न गराएर खरो रूपमा उतार्नु पर्दछ । आजका दिनसम्म सबैले आफ्नो अधिकार खोज्ने तर दायित्व बोध गर्ने बेला आएमा आन्दोलन गर्ने र समस्याको समाधान गर्नेभन्दा बल्झाउने काम भइरहेको छ । अब त्यो अवस्थाको अन्त्य गरी आफ्नो गतिविधिले अन्यलाई पर्न गएको अप्ठ्यारोलाई तुरुन्त संवोधन गर्ने वातावरण बनाउनु जरुरी छ ।

३.सदस्यहरूको क्षमता अभिवृद्धि नगरी कुनै पनि कार्य सफल तुल्याउन सकिँदैन । त्यसकारण अभियानमा संलग्न सदस्यलाई, बौद्धिक, वैचारिक ज्ञान र सीपले परिपूर्ण बनाउनु पर्दछ । त्यसका लागि आवश्यक तालिम तथा गोष्ठी, अभिमूखीकरण कार्यक्रम गरी सीप विकास गराउने र आवश्यक कुराहरूलाई निर्धक्क भएर स्पस्ट तरिकाले जो कोहीसँग पनि व्यक्त गर्नसक्ने क्षमताको विकास गर्ने ।

४. नेपालका विभिन्न समूह, क्षेत्रगत र भौतिक अवस्थितिहरूमा आफ्नो प्रभावलाई बिस्तार गरी अभियानलाई केन्द्रदेखि ग्रामीण भेगसम्म समान रूपले विकास गर्ने संरचना तयार गर्ने । समयको महत्वलाई दुरूपयोग गर्ने रोगको निवारण नेपालमा मात्रै नभएर सार्कका सबै राष्ट्रमा समान रूपले गर्न जरुरी छ । अहिलेको बदलिँदो परिस्थितिमा क्षत्रीय विकास सँगसँगै देश विकासमा जुट्नुपर्ने आवश्यकता छ । यसका लागि बाह्य क्षेत्रमा हुने परिवर्तनलाई वैचारिक दृष्टिकोणबाट पनि नेतृत्वदायी भूमिकाको लागि यस सोसियल इन्जिनियरिङ स्कुल तयार छ भन्ने सन्देश दिनु छ ।

माथि उल्लिखित उद्देश्य परिपूर्ती गराउने सन्दर्भका विषयबस्तुहरू कम चुनौतीपूर्ण छैनन् । सबैलाई समान रूपले उत्तरदायी बनाएर अभियान सञ्चालन गर्ने र यी सबै पछाडिको कारक अनियमितता तथा भष्ट्राचारलाई प्रहार गर्दा हुने जोखिमको लागि पनि सदस्यहरू तयार हुनु पर्दछ ।

महाअभियान शुभारम्भकै कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले अत्यन्त मार्मिक र दार्शनिक कुरा उठाएका थिए । समय अनुसार हुने परिवर्तनलाई पछ्याउन सक्यो भने त्यसको उपलब्धीलाई आत्मसाथ गर्ने अवसर मिल्दछ । त्यो समयमा कार्य हुन सकेन भने त्यो कहिल्यै पनि हुँदैन । उनले भनेअनुसार आगामी ५ वर्षभित्र हामीले जलश्रोतको विकास गरेर छिमेकी मुलुकलाई बेच्न सकेनौँ भने उनीहरूले जलविद्युत्को वैकल्पिक व्यवस्था गरिसकेका हुन्छन् । त्यतिखेर जलस्रोत भनेर दिनदिनै गर्व गरिरहने प्राकृतिक श्रोतको उपयोगिता पनि हामीबाट गुमिसकेको हुन्छ । हामीले राजनीतिक परिवर्तनका नाममा धेरै चिज गुमाइसकेका छौँ ।

दिनदिनै हुने परिवर्तनले परिवर्तित राजनीतिक अवस्था पनि गुम्ने डर हुन्छ । त्यसलाई स्थायित्व दिने एक मात्र सूत्र सुशासन र विकास हो त्यो पनि समय अनुसार हुने सुशासन र विकास हो । अहिले हामी परवर्तित अवस्थाको संघारमा छौँ । यही समयमा हामीले आगामी मूल्य मान्यतालाई स्थापित गर्न सकेको खण्डमा शासकमा जोसुकै व्यक्ति र पार्टी आएमा पनि उसलाई हामीले खनेको डोबमा हिँड्नु अवस्यम्भावी हुन्छ । राम्रो संस्कारको विकास हुँदै जान्छ । देश सधैँ अगाडि बढिरहन्छ । हाम्रो अभियान सफल पनि हुन्छ । यी र यस्तै संभावना र चुनौतीमा रोपिएको सोसियल इन्जिनियरिङ स्कुलको विरुवालाई मलजल गर्ने दायित्व हामी सबैको हो । यस विरुवाले साकार रूप लिँदै जाँदा यसैभित्रको नेतृत्वलाई सामूहिक र समावेशी बनाई अभियानलाई अगाडि बढाउनु पर्दछ । त्यो आपैmँमा निकै चुनौतीपूर्ण रहेको छ ।

प्रतिक्रिया