सभामुख र दक्षिण कोरियाली समकक्षीबीच भेटवार्ता

;efd'v cf]g;/L 3tL{ / blIf0f sf]l/ofsf] ;+;b, g]zgn P;]DJnLsf ;efd'v 5ª pO{ xjf -Chung Ui Hwa _ aLr Joj:yflksf ;+;b ejg afg]Zj/df lzi6frf/ e]6jftf{ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f,/f;;

काठमाडौं, १३ वैशाख । सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका सभामुख छङ उई ह्वाबीच भेटवार्ता भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार भएको भेटवार्तामा नेपालको संसद् र दक्षिण कोरियाको संसद्बीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै जनस्तरको सम्बन्धलाई थप नयाँ दिशामा अगाडि बढाउने विषयमा उनीहरूबीच कुराकानी भएको थियो ।

संसद् जनताको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसले जनस्तरको सम्बन्धलाई समेत प्रतिनिधित्व गर्ने भएकाले नेपालको संसद् र कोरियाको संसद् एवं जनस्तरको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सभामुख घर्तीले गतसालको गोरखा भूकम्पको समयमा दक्षिण कोरियाले उपलब्ध गराएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । नेपाली जनता दक्षिण कोरियाको सहयोगबाट असाध्यै अनुग्रहित रहेको भन्दै उनले नेपालभित्रसमेत जनस्तरसम्म कोरियाको सहयोग र सद्भावप्रति असाध्यै सकारात्मक बुझाइरहेको समेत उनका समकक्षीलाई जानकारी गराएकी छन् ।

नेपालमा पछिल्लो दिनमा लगानीमैत्री वातावरण बन्दै गएको भन्दै दक्षिण कोरियाली सभामुखले आफूहरू स्वदेश फर्केर गएपछि आफ्नो सरकारसँग त्यस विषयमा कुरा गर्ने विश्वाससमेत दिलाएका छन् । नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासमा खुलेर सहयोग गर्न आफूहरू तयार रहेको भन्दै उनले थप लगानीमैत्री वातावरण बनाउनसमेत सभामुख घर्तीलाई उनका समकक्षीले आग्रह गरेका थिए ।

सभामुख घर्तीले लगानीका लागि केही अप्ठ्यारा रहेको भए त्यसमा सहजीकरण गर्न नेपाल सरकार र नेपालको संसद् तयार रहेको समेत उल्लेख गरेका छन् । सो अवसरमा कोरियाली सभामुखले उपयुक्त समयमा कोरियाको भ्रमण गर्नसमेत सभामुख घर्तीलाई आग्रह गरेका छन् । भेटवार्तामा व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा, प्रवक्ता डा. भरतराज गौतम र संसद् सचिवालयका उच्च अधिकृतको सहभागिता रहेको थियो भने दक्षिण कोरियाका सभामुखलगायत २१ सदस्यीय प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया