भूकम्पपछिको पत्रकारिताबारे समीक्षा

काठमाडौं, १२ वैशाख । विनाशकारी भूकम्पको १ वर्ष पुगेको सन्दर्भमा विपद्पछिको समाचार संकलन र सम्प्रेषणका अनुभवबारे सञ्चारकर्मी, पत्रकारिताका विद्यार्थी, विज्ञ र अनुसन्धानकर्ताबीच आइतबार यहाँ छलफल भयो । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बेलायतको बोर्नमाउथ विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा भूकम्पप्रभावित जिल्लाका सर्वसाधारणले भोग्नुपरेको दुःख, पत्रकार आफैँ पनि त्रसित हुनुपरेको अवस्था, सम्बन्धित स्थलमा स्पष्ट विवरण पाउनमा समस्या तथा तत्काल समाचार सम्प्रेषणका लागि बिजुली र इन्टरनेटका असुविधाजस्ता सवाल आँैल्याइएको थियो ।

कार्यक्रममा ‘लाइफ अफ्टर द क्वेक’ विषयमा एक वर्षसम्म प्रभावित स्थलबाट सामाजिक सञ्जालसमेतमा सम्प्रेषण गरिएका सामग्री र पुनर्निर्माणमा पत्रकारको सहभागिताबारे अवगत गराइएको थियो । फरक फरक समूहमा विभाजित गरी गरिएको छलफलमा प्रा चिरञ्जीवी खनाल, डा. चिन्दु श्रीधरम, डा. इनार थोर्सेन, स्भेन वोडोसलगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया