दमन गर्न खोजिए भयानक परिणाम : उपेन्द्र यादव

Upendra-Yadav copyकाठमाडौं, १२ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको ढोका बन्द गरी सरकारले बन्दुकले आन्दोलन दमन गर्न खोजे परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

‘सरकारले वार्ताको सबै ढोका बन्द गरी जनताको जायज आन्दोलनमा दमन गरिए ठीक हुँदैन,’ यादवले भने । यादवले राज्यविरुद्ध निर्णायक आन्दोलनका लागि समेत तयार रहन आव्हान गरे । वार्ता र संवादमापÞर्mत समाधान खोज्न सरकार गम्भीर नदेखिएकोले संविधान पुनर्लेखनका लागि आन्दोलनको विकल्प नभएको उनले बताए । ‘यो सरकार नश्लवादी, एकलजातीय र गैर समावेशी छ,’ सिरहाको गोलबजारमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘सरकार गैर जिम्मेवार बनेकोले मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिमसहित उत्पीडित समुदायले मसाल बोकेर आन्दोलनको बिगुल फुक्नुको विकल्प छैन ।’ भावी सन्ततिको सुरक्षित भविष्यका लागि न्याय प्राप्तिको आन्दोलनमा साथ दिन यादवले सबैलाई आव्हान गरे । यादवले भने, ‘अब काठमाडौंमै हिसाबकिताब हुन्छ । राजधानी केन्द्रित शान्तिपूर्ण अहिंसात्मक आन्दोलनले सरकारलाई घँुडा टेकाउँछ ।’

यता, पूर्वमन्त्री शत्रुधनकुमार महतोको नेतृत्वमा सिरहाबाट हजारौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका छन् । महतोसँगै फोरम लोकतान्त्रिक सिरहाको सम्पूर्ण जिल्ला कार्यसमिति नै फोरम नेपाल प्रवेश गरेको हो । त्यस्तै, सिरहाका प्रभावी नेता रामऔतार पण्डित र हरिचन्द्र पण्डितले पनि कांग्रेस परित्याग गरी फोरममा प्रवेश गरेका छन् । यो सँगै फोरम लोकतान्त्रिक र कांग्रेससहित सत्तारूढ दलहरूलाई ठूलो धक्का पुगेको बताइएको छ ।

प्रतिक्रिया