पोखरामा किताब साटासाट

pustak satasat copyपोखरा, ११ वैशाख । पोखरामा साहित्यिक गतिविधि गर्दै आएको ‘¥यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ले शनिबार पुस्तक दिवसको अवसर पारेर पुस्तक आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख वक्ता प्राडा पशुपतिनाथ तिमल्सेनाले उपहारका रूपमा पुस्तक आदानप्रदान गर्ने संस्कारको विकास हुनुपर्ने बताए । अध्ययन संस्कृति समाजमा बिस्तारै मौलाउँदै गएको प्रति खुसी व्यक्त गर्दै उनले विश्व पुस्तक दिवसले पुस्तकप्रति मानिसहरूको ध्यानाकर्षण गराउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले सोसाइटीले अध्ययन संस्कृतिको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै पुस्तक दिवसलाई पनि नियमित रूपमा मनाइने बताए । कार्यक्रममा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, ज्ञानुवाकर पौडेल, ललिजन रावल, गणेश पौडेल, सरस्वती प्रतीक्षालगायत ६२ कवि तथा साहित्यकारले एकआपसमा पुस्तक आदानप्रदान गरेका थिए भने अजय अनमोल र मोति भुजेललाई विशेष उपहारका रूपमा पुस्तक प्रदान गरिएको थियो ।

युनेस्कोेले सन् १९९५ देखि हरेक वर्ष अप्रिल २३ मा विश्व पुस्तक तथा प्रतिलिपि अधिकारी दिवस मनाउने घोषणा गरे पनि नेपालमा भने केही वर्षअघिदेखि यो दिवस मनाउन थालिएको हो । सोसाइटीले विगत ३ वर्षदेखि पुस्तक दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया