१२ वैशाखमा जापानी गायिको भक्तपुरमा प्रस्तुति

japani gayikako prastuti copyकाठमाडौं, १० वैशाख । भुइँचालो गएको १ वर्षको सम्झनामा जापानी गायिका आवई सान्ले भूकम्पपीडितका लागि सोलार लिएर आएकी छन् । उनले भूकम्पको सम्झानामा १२ वैशाखमै सांगीतिक प्रस्तुति पनि दिने भएकी छन् । ‘हिकारी सङ गिफ्ट इन नेपाल’ नाममा भक्तपुर दरबार स्क्वायरमा आयोजना हुने कार्यक्रममा आवईले भुइँचालोमा बितेका नेपाली तथा विदेशीप्रति समर्पित गर्दै गीतहरू प्रस्तुत गर्नेछिन् ।

उनले जापानमा सांगीतिक कार्यक्रम गरेर संकलन गरेर उठेको रकमबाट खरिद गरेका सोलार लाइटहरू पनि भक्तपुर आसपासका भुइँचालोपीडितलाई वितरण गर्ने कार्यक्रमसमेत रहेको छ । उनले प्रकाश र संगीत उपहार दिने भएकाले कार्यक्रमको नाम ‘हिकारी सङ गिफ्ट इन नेपाल’ राखिएको छ । जापानी भाषामा ‘हिकारी’को नेपाली अर्थ प्रकाश हो र कार्यक्रममा उनको आफ्नै रचना ‘हजार प्रकाश–शान्ति’ गीतको विशेष प्रस्तुति रहनेछ ।

सन् २०११ म जापानमा सुनामी आउँदा त्यहाँ रहेका नेपालीले जापानीहरूलाई सहयोग गरेका थिए । र हालै जापानमा गएको भुइँचालोमा पनि नेपालीले सहयोग गरेका थिए । त्यसकै गुन तिर्न जापानी गायिका अवाईले नेपाली भूकम्पपीडितलाई संगीत र प्रकाश उपहार दिन लागेकी हुन् ।

प्रतिक्रिया