पत्रकार सुरक्षासम्बन्धी अन्तर्क्रिया सम्पन्न

krisna panch tharपाँचथर, ९ वैशाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले पत्रकारहरूको सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । बिहीबार पाँचथरका क्रियाशील पत्रकार, एफएमहरूका सञ्चारकर्मी र पत्रकार महासंघ पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाबीच सुरक्षासम्बन्धी अन्तर्क्रिया भएको हो ।

पत्रकार झाले पत्रकारले जोखिम मोलेर समाचार संप्रेषण गर्दा ज्यानै जाने गरी नभएर आफू सुरक्षित छु भने ठान्नुपर्ने बताए । समाचार लेखेकै भरमा धम्की आएको होकी अन्य क्षेत्रमा संलग्न भएका कारणको गल्तीले धम्की आएको बुझ्न जरुरत रहेको प्रष्ट पारेका थिए ।

नेपालमा समाचार लेखेकै भरमा पत्रकार हत्या भएको कमै रहेको भन्दै पत्रकार महासंघले विज्ञप्ती जारी गर्दा पत्रकारले समाचार लेखेको कारण वा अन्य कारणले धम्की र ज्यान गएको मापन गरी विचार पु¥याउन शाखा नेतृत्वलाई ध्यान आकर्षण गराएका छन् ।

उनले पत्रकार व्यवसायिक बन्न र लोकतन्त्रलाई बलियो बनाउन कलम चलाउन आग्रहसमेत गरे । शाखा अध्यक्ष लवदेव ढुंगानाले पत्रकार भालाई खादाले सम्मान गरेका थिए । अन्तर्क्रियामा सहभागी सञ्चारकर्मी र पूर्वअध्यक्ष झालाई शाखा पूर्वसभापती कृष्ण ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै बिहीबार नै पाँचथर जिल्लाबाट प्रकाशित मेची पोस्ट दैनिकको अनलाइन संस्करणको समेत सार्वजनिक गरिएको छ । अनलाइन संस्करणको पत्रकार महासंघ पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले उद्घाटन गरेका हुन् । मेची पोस्ट प्रकाशन गरिएकोे ९ महिनाको अवधी र स्थानीय सञ्चार गृहको भूमिका, अनलाइन विषयक अन्तर्क्रिया गरिएको थियो ।

पत्रकार झाले प्रिन्ट मिडिया भनेको समाजको हो पत्रकारको मात्र नभएको बताउँदै लोकतन्त्रमा कलम चलाउन र पत्रकार संगठित हुन आग्रह गरे । मेची पोस्टका सम्पादक रविन्द्र काफ्लेको सञ्चालन कार्यक्रममा कांग्रेस सभापति नरेन्द्र केरुङ, एमालेका सदस्य वीरदल राई, एमाओवादीलगायत स्थानीय पार्टी प्रतीनिधिहरू, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष लवदेव ढुंगाना, प्रेस युनियनका अध्यक्ष लक्ष्मी गौतम, क्रान्तिकारी पत्रकार संघका सचिव जंग तामाङ, प्रेस चौतारी अध्यक्ष तुलसी थापा, पुराना पत्रकार, तथा मानवअधिकार संगठनका केन्द्रीय सदस्य सूर्य निरौला, उवासंघका पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले, जनजाती महासंघका अध्यक्ष बिर्ख वाइवालगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया