काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन तथा भारत भ्रमण ताका भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्न सरकारले परराष्ट्र सचिव शंकर वैरागीको नेतृत्वमा सम्झौता तथा सहमति कार्यान्वयन अनुगमन कार्यदल गठन प्रक्रिया अघि बढाएको छ ।
परराष्ट्र सचिवको नेतृत्वमा गठित हुने कार्यदलमा सम्झौता र सहमति कार्यान्वयन अघि बढाउन सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन् । सो कार्यदलले आफ्नो काम र प्रगतिबारे परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई नियमित जानकारी गराउनेछ । ‘छिमेकी मुलुकसँग भएका सम्झौता तथा सहमति चाँडै कार्यान्वयन हुन्छ र मुलुकले त्यसको चाँडो प्रतिफल पाउन सकोस् भनेर कार्यदल गठन प्रक्रिया अघि बढाएका छौँ,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने ।
सो कार्यदलको मन्त्रिपरिषद्बाट औपचारिक गठन हुन बाँकी रहे पनि कुन मन्त्रालयले के काम गर्ने भनेर कार्यविभाजन तयार भइसकेको रिमालले जानकारी दिए । प्रधानमन्त्री ओलीको भारत भ्रमणताका धेरैजसो पुरानै सम्झौताहरूको कार्यान्वयनमा सहमति भएको छ । तर, उत्तरी छिमेकी चीन भ्रमणका बेला महत्वपूर्ण नयाँ सम्झौता र सहमतिहरू बनेका छन् । नेपाल र चीनबीच पारवहन सम्झौताका साथै २ देशबीच स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, तेल र ग्यास उत्खनन गर्नेलगायत महत्वपूर्ण सम्झौतामा सहमति भएको छ ।
सो कार्यदलको मन्त्रिपरिषद्बाट औपचारिक गठन हुन बाँकी रहे पनि कुन मन्त्रालयले के काम गर्ने भनेर कार्यविभाजन तयार भइसकेको रिमालले जानकारी दिए । प्रधानमन्त्री ओलीको भारत भ्रमणताका धेरैजसो पुरानै सम्झौताहरूको कार्यान्वयनमा सहमति भएको छ । तर, उत्तरी छिमेकी चीन भ्रमणका बेला महत्वपूर्ण नयाँ सम्झौता र सहमतिहरू बनेका छन् । नेपाल र चीनबीच पारवहन सम्झौताका साथै २ देशबीच स्वतन्त्र व्यापार क्षेत्र स्थापन गर्न सम्भाव्यता अध्यन गर्ने, तेल र ग्यास उत्खनन गर्नेलगायत महत्वपूर्ण सम्झौतामा सहमति भएको छ ।
प्रतिक्रिया