गरिबी निवारणका ३६ विरुद्ध विशेषमा मुद्दा

काठमाडौं, ५ वैशाख । गरिबी निवारण कोष काठमाडौंमा ३ आर्थिक वर्षमा झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको आरोपमा ३६ जनाबिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकोमा गरिबी निवारण कोष ताहाचल काठमाडौंका कार्य प्रबन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख एवं कार्यकारी निर्देशकसमेत रहेका छन् ।

उनीहरुले एक आपसमा सरसल्लाह र मिलेमतो गरी आपूmलाई गैरकानुनी लाभ पु¥याउने र गरिबी निवारण कोषलाई गैरकानुनी हानी नोक्सानी पु¥याउने काम गरेको अख्तियारले बताएको छ । ३६ जनाले आ.व. ०६६÷६७ मा ९६ लाख २५ हजार ४ सय ३०, आ.व. ०६७÷०६८ मा १ करोड ८४ लाख ४२ हजार ९ सय ६९ र आ.व. ०६८÷६९ मा १ करोड ५४ लाख १९ हजार ५ सय १६ समेत गरी ३ आर्थिक वर्षको अवधिमा जम्मा ४ करोड ३४ लाख ८७ हजार ९ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।

उनीहरुले विभिन्न कार्यक्रम र त्यस वापतको भ्रमणका नाममा खर्च भएको भनी झुठा बिल भर्पाइ बनाई पेश गरी पेश्की फछ्र्यौट गर्ने गराउने कार्य गरी हिनामिना गरेको अख्तियारले बताएको छ । ३६ जनाले भ्रष्टाचार गरेको पुष्टि भएकोले सो कार्यमा संलग्न ३६ जना व्यक्तिहरुलाई कसुरअनुसार बिगो तथा सजायको मागदावी लिई आइतबार विशेष अदालत काठमाडांैमा आरोपपत्र दायर गरिएको छ ।

अख्तिायारद्वारा विशेष अदालतमा मुद्दा दायर गरिएका गरिबी निवारण कोषका कर्मचारीमा कार्य प्रबन्धकहरू दिपा रेग्मी, झरेन्द्रबहादुर सिंह, निरकबहादुर सुनार, रविन्द्रकुमार सुवाल, रमेश लामा, ओमप्रसाद पौडेल, मिना नकर्मी, महेशकुमार शाही, विक्रम कार्की, लोकेन्द्रसिंह वडाल, पदमसिंह ठगुन्ना, प्रमोदकुमार जोशी, भूपानन्द विक, कमलबहादुर थिङ र मालती चौधरी रहेका छन् । यस्तै सजदा खातुन, नविनकुमार पोखरेल, रामबहादुर भुषाल, अमरकुमार पाख्रिन, प्रविण मानन्धर, वालकृष्ण विश्वकर्मा, कृष्णबहाुर सोराला, ताराप्रसाद जोशी, इश्वरीलाल विक, मनोजकुमार गुप्ता, प्रदिप पौडेल, अरुण पाण्डे, अच्युतमानसिंह प्रधान, निर्मल पन्त र सुमिता मल्ललाईसमेत अख्तियारले मुद्दा लगाएको छ । भ्रष्टाचारको अभियोगमा अख्तिायारले प्रतिवादी बनाएका गरिबी निवारण कोषका अन्य कर्मचारीमा लेखापाललगायतका छन् ।

प्रतिक्रिया