तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता

jhapa mens volleyball copyझापा, ४ बैशाख । भmापाको दुहागढी ६ धाइजनमोड जारी तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिततमा नेपाल पुलिस शनिबार फाइलनमा पुगेको छ । पश्चिमाञ्चलसँगको खेल समयमा अनुपस्थिति भएपछि पुलिस वाकओभर पाउँदै फाइनलको यात्रा तय गर्न सफल भयो ।

खेल टाइसिट तीन दिनअघि नै अन्तर्राष्ट्रिय रेफ्री गौतम श्रेष्ठले सार्वजनिक गरेका थिए । तर, २ः३० बजे उपस्थित नहुँदा सहभागी प्रशिक्षक र रेफ्री तथा आयोजकले भलिबल महासंघको नियम ६ उपनियम ४ को २ मा उल्लेख भएअनुसार पश्चिमाञ्चललाई कारबाहीस्वरुप नेपाल प्रहरीलाई वाकओभर दिएको थियो ।

अर्थपूर्ण रहेको खेलमा पुलिसले एपीएफलाई वेष्ट अफ फाइभ खेलमा पहिलो सेट २५–१९,दोस्रो २६–२४, तेस्रो २८–३०, चौथो १९–२५ र अन्तिम निर्णय सेट १५–११ ले हरायो । अर्को सेमिफाइनलअन्तर्गत नेपाल आर्मी र एपीएफबीचको खेल खराब मौसमको कारण स्थगित भयो ।

आर्मी र एपीएफले समान एक–एक सेट आफ्नो पक्षमा पारेता पनि मौसम खराबको कारण खेल स्थगित गरिएको अन्तर्राष्ट्रिय रेफ्री गौतम श्रेष्ठले जानकारी दिए । मौसमका कारण सेमिफाइनलको पहिलो सेटमात्रै खेल्न सक्यो । पहिलो सेट आर्मीले २५–१७ ले जिते दोस्रो सेट एपीएफले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । अन्य खेल आइतबार खेलाइने आयोजकले बताएको छ । फाइनल खेल आइतबार हुनेछ ।

मोफसलमा पहिलो तथा सर्वाधिक पुरस्कार ३ लाख १५ हजार तथा सिल्ड ट्रफी, प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । पहिलो पुरस्कारको राशी सोनिया घरघडेरी खरिदबिक्री केन्द्र दुहागढी ६ का प्रबन्ध निर्देशक नरेन्द्र मेचे (गछाम) ले उपलब्ध गराएका हुन् । दोस्रो पुरस्कार नगद १ लाख ७५ हजार रहेको छ । उक्त दोस्रो पुरस्कारको राशी रामकुमार कन्दम्वाले प्रदान गरेका हुन् । तेस्रोे १ लाख १० हजार वि एण्ड सी हस्पिटलले प्रदान गरेको हो ।

प्रतिक्रिया