काभ्रे, १ वैशाख । कांग्रेसका केन्द्रीय महामन्त्री डा.शशांक कोइरालाले अतिवादी शक्तिका कारण लोकतन्त्र खतरामा रहेको बताएका छन् । उनले अतिवादीहरू सक्रिय हुँदै गएको भन्दै लोकतन्त्रलाई यसले गम्भीर खतरामा लैजाँदै गरेको आरोप लगाएका छन् ।
बुधबार काभ्रेको बनेपाको नगर समितिले आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यस्तो बताएका हुन् । उनले मुलुकले लामो समय संक्रमणकाल पछि पाएको सफलतालाई संस्थागत गर्ने नसक्दा यस्ता शक्तिहरू सक्रिय भएको बताए । उनले देश अस्थिरतामा विकास हुन नसक्ने बताउँदै देशमा १८ वर्षदेखि स्थानीय निकायको चुनाव हुन नसक्दा अनेकौँ चुनौतीहरू रहेको बताए ।
उनले यस्ता हर चुनौतीको सामना गर्ने कांग्रेसको विधानमा समेत पुनर्विचार गर्नुपर्ने बताएका छन् । कांग्रेसीहरूले रगतले लेखेको अक्षर मेटिँदैन पार्टी राम्रो हुन पार्टीको विधानमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया