अवैध काठ बरामद

kath pachtharपाँचथर, ३० चैत । पाँचथरको पञ्चमीबाट साब्रेतर्फ गइरहेको मे १ त ३६९२ नम्बरको ट्याक्टरमा लाँदै गरेको सखुवाको काठसँगै गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा लाँदै गरेको ५३ क्युफिट सखुवाको काठसहित पञ्चमी गाविस–८ सिबुवाका ट्याक्टरचालक रामबहादुर दर्जी पक्राउ परेका हुन् ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पाँचथर फिदिममा बुझाइएको जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर विजय श्रेष्ठले जानकारी दिएका छन् ।
‘अवैध रूपमा चोरी निकासी चिरानी काठहरू जनपथ प्रहरी, सशस्त्र प्रहरीहरूले चेकजाँच गर्ने क्रममा बरामदगरी वन कार्यालयमा बुझाइएको हो’ उनले भने ।

प्रतिक्रिया