माग्ने बुढाको जन्मदिन ‘छक्का पञ्जा’सँग

magneko birth dey copyकाठमाडौं, २८ चैत । नेपाली टेलिसिरयलबाट कला यात्रा सुरु गरेको चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ले आफ्नो ४२औँ जन्म दिन मनाएका छन् । आइतबार हाल उनले कामगरिरहेको चलचित्र ‘छक्का पञ्जा’ को छायांकनमा व्यस्त माग्ने बुढाले सुटिङमै आफ्नो ४२औँ वर्षको जन्मदिन मनाएका हुन् ।

चलचित्र युनिटले ‘माग्ने बुढा’लाई चकलेटसहित जन्मदिनको शुभकामना दिएका थिए । उनी हेटौँडाका स्थानीय बासिन्दा हुन् । उनी हास्यटेलिसिरियल मेरी बास्सैबाट दर्शकको मनमा बसेका हुन् । माग्ने बुढाको भूमिकामा अभिनय गर्ने उनी हाल चलचित्र ‘छक्का पञ्जा’का लागि कथाको सहलेखनमा समेत व्यस्त छन् ।

उनले ०५० सालमा एसएलसी परीक्षा पास गरेका हुन् । ०५० सालमा एसएलसी परीक्षा पास गरेपछि घिमिरे कानुन विषय पढेर अधिवक्ता हुने सोचका साथ काठमाडौं आएका थिए ।

काठमाडौंमा आएपछि उनले फुटपाथमा कपडा पसल थाप्नेदेखि खाने मसला बिक्री गर्दै हिँड्ने कामसमेत गरे । केदारले सुरुमा ‘हिजो आजका कुरा’मा काम गरेका थिए । त्यसपछि ‘गीताञ्जली’, ‘तीतो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हँुदै ‘मेरी बाँस्सै’मा काम गरेका हुन् ।

उनले काम गरेको सबैभन्दा चर्चित क्यारेक्टर ‘मेरी बास्सै’को ‘माग्ने बुढा’ले सबैमाझ चिनायो । त्यसपछि उनले आफ्नो करियरलाई कहिले पनि पछाडि फर्केर हेर्नु परेन । हाल ‘छक्का पञ्जा’को छायांकनमा ब्यस्त केदारले यसअघि ‘वडा नम्बर ६’ र ‘६ एकान ६’ मा मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया