कृष्णगोपाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

award copyकाठमाडौं, २६ चैत । यसवर्षको ‘लाइफ टाइम अचिभमेन्ट स्पेसल आर्टिस्ट अवार्ड’ अग्रज कलाकार कृष्णगोपाल रञ्जितलाई प्रदान गरिएको छ । कलाकार एवं अरूपण ग्यालरीका निर्देशक रमेश खनालले आफ्नी आमाको नाममा खोलेको ‘नन्दादेवी खनाल ललितकला सम्मान’ रञ्जितलाई प्रदान गरिएको हो ।

हरेक वर्ष ललितकला क्षेत्रमा योगदान पु¥याएवापत प्रदान गरिने सम्मान यसवर्ष अग्रज कलाकार हरिप्रसाद शर्माले हस्तान्तरण प्रदान गरेका छन् ।

त्यस्तै, ‘ट्रेडिस्नल आर्टिस्ट अवार्ड’ बाट थांका कलाकार मानबहादुर दोङ, ‘आर्ट क्रिटिक्स स्पेसल अवार्ड’ बाट मुकेश मल्ल, ‘कमर्सियल आर्टिस्ट स्पेसल अवार्ड’ बाट कलाकार तथा डिजाइनर अशोकमान सिंह, ‘आर्ट मिडिया अवार्ड’ बाट कान्तिपुरकर्मी मधु शाही, ‘आर्ट प्रमोटर अवार्ड’ बाट व्यवसायी विनोद अग्रवाल र ‘क्रिएटिभ आर्टिस्ट अवार्ड’ बाट इलामका मूर्तिकार विष्णु श्रेष्ठलाई सम्मान गरिएको छ ।

कलाकार एवं ग्यालरीका निर्देशक रमेश खनालले आफ्नी आमाको नाममा स्थापना गरेको नन्दादेवी खनाल ललितकला सम्मान पनि प्रत्येकवर्ष प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया