दोस्रो मिस्टर फिटनेस फस्र्ट शारीरिक सुगठन शनिबार

काठमाडौ, २५ चैत । ‘शारीरिक स्वस्थता मानवीय धन, शारीरिक सुगठन स्वस्थ तन’ भन्ने भावनालाई मूर्तरुप दिने उद्देश्यले ‘दोश्रोे मि. फिटनेश फस्र्ट शारीरिक सुगठन प्रतियोगिता’ शनिबार हुने भएको छ ।

पहिलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराइसकेको फिटनेश फस्र्ट क्लबले दोस्रो प्रतियोगितालाई समेत भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको क्लब सञ्चालक लक्ष्मण भट्टले जानकारी गराए ।

६० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ६० केजी, ७० केजी, ७५ केजी, ७५ केजीमाथि र ओभरअल गरी ५ क्याटगोरीमा फिटनेश फस्र्टका शाखाहरुमा प्रशिक्षणरत ३० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक तौल समूहका विजयी खेलाडीहरु मेडल र ट्रफी प्राप्त गर्नुका साथै ओभरअलको लागि प्रतिस्पर्धा गर्ने छन् ।

ओभरअल प्रतिस्पर्धामा विजयी खेलाडी दोस्रो मि. फिटनेश फस्र्ट शारीरिक सुगठन उपाधीका साथ मेडल, ट्रफी र नगद २० हजारबाट सम्मानित हुनेछ ।

त्यस्तै प्रतियोगिताको फस्ट रनरअपले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रोले नगद ५ हजारसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा वेष्ट काल्फ खेलाडी र उत्कृष्ट प्रशिक्षकले पनि नगद ५ हजार प्राप्त गर्नै प्रतियोगिता आयोजक लक्ष्मण भट्टले बताए ।

प्रतिक्रिया