प्रहरीको अगुवाईमा नगर सफाई अभियान

plice pachtharपाँचथर २० चैत । जिल्ला प्रहरी कार्यालय पाँचथरको अगुवाईमा फिदिम नगर बजारका ढल, नालीलगायत सरसफाइमा तीव्र हुन थालेको छ । शनिबार फिदिम बजारको देवकोटा चोकदेखि ठाडो बजारको दुवैपट्टीको ढल तथा नालाहरूमा अल्झिएका फोहोरमैलालाई निकालिएको छ । प्रहरीको अगुवाइमा नगरपालिकाको सहयोगमा १५ फागुन १५ देखि नगर सरसफाई सुरु गरिएको डिएसपी कृष्णप्रसाद कोइरालाले बताएका हुन् ।

नगरक्षेत्रमा हरेक शनिबार सरसफाई अभियान गरिँदै आएको छ । छैटौँ शनिबार पनि पाँचथर जिल्ला सहकारी संघको समेत सहभागितामा अभियान सञ्चालन गरिएको हो । फिदिम नगरलाई स्वच्छ र सुन्दर बनाइराख्नका लागि फिदिम नगरपालिकाको सहयोगमा सडक, ढल, नाला सफा गर्ने उद्देश्यले साप्ताहिक सरसफाई अभियान सुरु गरिएको हो । फिदिम नगरभित्रका सबै क्षेत्रमा पालैपालो गरी क्रमशः, स्थान छनोट गरी स्थानीयहरूलाई समेत सहभागी गराई सरसफाई गर्ने उदेश्य अनुसार अभियान सुरु गरिएको हो ।

नाली सफाई अभियानमा डिएसपीले नालीमा पसेर बेल्चाले फोहोर हिलो उठाउन कति पनि घिन नमानी सफाईमा लागेको पाइन्छ । त्यस्तै नगरपालिकाका कार्यकारी अधिकृत काजिमान राई त्यति नै सधैँ सक्रिय रहेको पाइन्छ । राईले डेरादेखि बेल्चा लिएर बजारभित्रका सर्वसाधारणलाईसमेत सहभागी हुन प्रेरित हरेको पाइन्छ ।

डिएसपी कोइराला र नगरपालिकाका कार्यकारी अधिकृत काजिमान राई दुवै जना सधैँ नालीभित्र पसेर बेल्चामार्फत फोहोर निकाल्न तल्लीन थिए । कामगर्दा भने पसिना आउँदो रहेछ । पसिना पुच्छ्दै बेल्चाको साथमा प्रशासकहरू । बजारमा स्थानीय प्रशासकहरू उदाहरणीय बनेको १ व्यवसायीले बताए । प्रहरीप्रशासन सरसफाइमा लागेको देखेपछि होटल व्यवसायी अजिमा होटलका जाँगरिला प्रोपाइटर विमल श्रेष्ठले ढलको फोहोरलाई बेल्चाले उठाई सरसफाइमा लागिरहेका थिए ।

डिएसपी कोइराला र सहभागी महिलाहरू मिलरे निकालिएको फोहोरमैलालाई बोरामार्फत मिल्काउन ओसारीरहेको पाइन्थ्यो । सरसफाइ अभियानमा बजारका व्यक्ति, व्यापारीसमेत अभिानमा समाहित भएका थिए । जिल्ला प्रहरीले जनचेतामूलक र जिल्लाप्रसासन कार्यालयलगायतले गाउँगाउँमा गई जनमूखि प्रशासन सञ्चालन गरी नागरीकहरू सेवा प्रवाह गरेको सदरमुकाम आएका १ सेवाग्राहीले जानकारी दिएका हुन् ।

प्रतिक्रिया