‘समर लभ’को तयारीमा कविता

Kabita samar loveकाठमाडौं, १९ चैत । चलचित्र निर्मात्री कविता श्रेष्ठ नयाँ फिल्म ‘समर लभ’ को निर्माणको तयारीमा जुटेकी छन् । आफूले बनाउने नयाँ फिल्मले हरेक वर्गका दर्शकलाई बाँधोस् भन्ने चाहानाका साथ उनले नया चलचित्र निर्माण गर्न लागेको बताएकी छन् ।

उनले यस अगाडि बनाएका ‘प्लान, बरदान, ढुवानी’ले फरक फरक वर्गका दर्शकलाई हलसम्म तानेको स्मरण गर्दै अब बन्ने चलचित्रसमेत त्यतिकै दमदार हुने उनले बताएकी छन् ।

यसपटक कविताले समीक्षकदेखि दर्शकसम्म सबैले रुचाउने फिल्म बनाउने तयारीमा लागेको बताउँछिन् । उनले यसअघि बनाएको फिल्म ‘ढुवानी’लाई माइती नेपालले देशका ४५ भन्दा बढी जिल्लामा देखाउने भएको छ । कविताले माइती नेपाललाई निःशुल्क फिल्म देखाउने अधिकार दिएकी हुन् । उनले आत्मसन्तुष्टी र आनन्दका लागि आफूले माइती नेपाललाई निःशुल्क अधिकार दिएको बताइन् । उनले निर्माण गरेको चौथो फिल्म ‘समर लभ’ अहिले धमाधम पोस्ट प्रोडक्सनमा छ ।

कविताका अनुसार नयाँ फिल्मका लागि निर्देशक र कलाकारको अडिसन नै लिने तयारी गरिएको छ । नयाँनयाँ सोच बोकेका यूवाहरू आफूसँग कथा लिएर आएको कविताले सुनाइन् । तर, अहिले नै कथावस्तु पक्का नगरिएको उनको भनाइ छ ।

प्रतिक्रिया