कालोबजारी नियन्त्रणका लागि सडक बहस

cg]/f:jljo' s]lGb|o sld6Ln] dªunaf/ e[s'6Ld08kl:yt k|bz{gLdfu{df æcefj, dxªuL / sfnf]ahf/L ;dfwfg s;/LÆ ljifos ;8s ax; k|:t't ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १६ चैत । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कालोबजारी नियन्त्रणका लागि ‘सडक बहस’ अभियान आजदेखि सुरु गरेको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि आज आयोजित कार्यक्रममा सहभागी वक्ताले कडाइका साथ बजार अनुगमन गरी बदमासी गर्नेलाई आवश्यक कारबाही गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्टले नाकाबन्दीको अन्त्यपछि देशमा पेट्रोलियम पदार्थ, ग्यासलगायत इन्धन सहज रूपमा भित्रिएको भए पनि आपूर्ति नियमित हुन नसकेको अवस्थामा सरकार निरीह भएर बस्न नहुने बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आर्थिक अनियमितता गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरी दण्डित गर्नुपर्नेमा जोड दिँदै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन सहकारी क्षेत्रलाई वितरणको जिम्मेवारी दिइने बताए ।

युवा संघका अध्यक्ष राजीव पहारी, अधिकारकर्मी सुबोध प्याकुरेल, ज्योति बानियाँलगायत संयुक्त विद्यार्थी संगठनका नेताले उपभोक्ता ठगिएको अवस्थामा सरकारले कालोबजार नियन्त्रण गर्नुपर्ने र उपभोक्ताले पनि बजारमा मूल्यसूची हेरेर वस्तु खरिद गर्न सुझाव दिए ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अनेरास्ववियुले यही ४ चैतदेखि १ साताका लागि सुरु गरेको ‘कालोबजारी नियन्त्रण अभियान’ प्रभावकारी भएपछि त्यसलाई निरन्तरता दिने क्रममा आजदेखि नयाँ कार्यक्रम सुरु गरेको जानकारी दिए ।

संगठनका उपाध्यक्ष महेश बर्तौलाले अबको चरणमा कालोबजारीलाई पहिचान गरी उनीहरूको कसुरका आधारमा प्रहरी प्रशासन तथा अख्तियारलाई बुझाइने जानकारी दिए ।

यसअघिकै अभियानमा पुरानोबानेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजु, कीर्तिपुरलगायत क्षेत्रको अनुगमनका क्रममा कालोबजारीमा संलग्न व्यापारीलाई सचेत गराएको थियो ।

संगठनले कालोबजारी नियन्त्रणका क्रममा काठमाडौंका विभिन्न स्थानबाट करिब ६० व्यापारीलाई पक्राउ गरी सम्झाइबुझाइ सचेत गराएको थियो । ती व्यापारीले खाद्य सामग्रीको मूल्यसूचीभन्दा बढी मूल्य लिई बिक्री गरेको, ग्यास, मट्टीतेललगायत अत्यावश्यकीय इन्धनमा कालोबजार गरेको पाइएको थियो ।

प्रतिक्रिया