ट्रेलरमै आक्रामक ‘रामप्यारी’

rampyariकाठमाडौं, १२ चैत । नायिका रेखा थापाको चलचित्र ‘रामप्यारी’को ट्रेलर निकै आक्रमक आएको छ । उनले आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’को दोस्रो ट्रेलर सार्वजनिक गरेकी हुन् ।

पहिलो ट्रेलरमा रेखाको एक्सनका दृश्यलाई बढी समावेश गरिएको थियो । दोस्रो ट्रेलरमा भने संवाद र चलचित्रका मुख्य कलाकार आभाष अधिकारी र आश्मा डिसीको रोमान्सलाई पनि विशेष स्थान दिइएको छ । यसपटक सार्वजनिक गरिएको ट्रेलरमा रेखाका आक्रामक संवाद प्रस्तुत गरिएको छ, जसले महिला र पुरुष दुबैका कमजोरीलाई देखाउन खोजेको छ । सविर श्रेष्ठ निर्देशित यो चलचित्रमा रेखा राम र प्यारीको भूमिकामा देखिएको चर्चा छ ।

२६ चैतबाट चल्ने यो चलचित्रका लागि रेखाले आफ्नो तौल पनि घटाएकी थिइन् । चलचित्रमा नायक सविन श्रेष्ठ पनि छन् । पूर्णरूपमा व्यावसायिक यो चलचित्रमा रेखा महिला ट्याम्पु ड्राइभरको भूमिकामा पनि देखिएकी छिन् ।

प्रतिक्रिया