दर्शकले मनपराएको ‘लाज’

laajकाठमाडौं, १२ चैत । ‘सातौँ टोरन्टो नेपाली फिल्म महोत्सवमा सुशान प्रजापतिको चलचित्र ‘लाज’ले ‘अडियन्स च्वाइस अवार्ड २०१६’ जितेको छ । सर्ट चलचित्र लाजले दर्शकको मन जितेका कारण अडियन्स च्वाइस अवार्ड दिएको हो ।

चलचित्र ‘लाज’मा भूमिपुत्र थारू जातिको सांस्कृतिक पाटोलाई उजागर गर्नका लागि उनीहरूका लवाइ, खवाइ, चाडपर्व, नाचगान र जीवनशैलीलाई पर्दामा उतारिएको छ । त्यसैगरि ०५७ सालमा मुक्त घोषणा गरिएका मुक्त कमैयाँहरूका गरिबीलाई देखाइएको छ । जहाँ विभिन्न समयमा राजनीतिक नेताहरूले दिएको आश्वासन र उनीहरूप्रति गरिएका अन्याय, शोषण र दमन गरिएको हृदयविदारक घटना र दलहरूको फोहोेरी राजनीतिप्रतिको व्यंग्य प्रहार पनि गरिएको छ । आइडियज एन्ड इमेज प्रालिद्वारा निर्माण गरिएको चलचित्र लाजको निर्देशन सुसन प्रजापति र सहनिर्देशन् सन्तोष दाहालले गरेका हुन् ।

त्यसैगरि अजित लामिछानेको कथा र पटकथा, उज्ज्वल ढकालको सम्पादन र गगन श्रेष्ठ र कुशल पोख्रेलले निर्माण नियन्त्रकको भूमिका निभाएका छन् । यस चलचित्रमा साहित्यकार छविलाल कोपिला, सीता दहित, अजित लामिछाने, कल्पना श्रेष्ठ, नित्यानन्द शर्मा, विरेन्द्र चौधरीलगायत दंगाली कलाकारहरूको प्रमूख भूमिका रहेको छ ।

प्रतिक्रिया