डाक्टर किरात : अक्करमा फूलेको एउटा सुनाखरी

daktor kirat copyकाठमाडौं, ११ चैत । कुनै बेला खोटाङ सिम्पानीको कसेरीमा बारीको पाटमा हामफाल्दै, उफ्रदै, गीत गाउँदै गाउँ उराल्ने ठिटो उच्च शिक्षा आर्जन गर्ने अभिलाषा बोकेर काठमाडौंमा छिरेको थियो । जन्मेको गाउँ कसेरीबाट सिम्पानी मावि सम्मको उकालोलाई लगातार १० वर्षसम्म स्पर्श गरेको त्यही युवाको मनमस्तिष्कमा नाम जस्तै पेसा ग्रहण गर्ने सपना पनि नभएको त कहाँ होर ? तर अफसोच् उनी शारीरिक रोगको उपचार गर्ने डाक्टर भने बन्नै सकेनन् । उनी त नेपाली संगीतको बजारमा स्थापित संगीतकार डाक्टर किरात भएर निस्के । हुन पनि मिथकीय होस् या मौलिक संगीत या कुनै सुगम संगीत वा शास्त्रीय सबै संगीतमा आपूmलाई राम्रै भूमिकामा उभ्याएका छन् उनले ।

नेपाली संगीतको दुनियाँमा ०५४÷५५ बाट हेलिन थालेका उनले हालसम्म करिब २ सयभन्दा बढी गीतहरूमा संगीत भरिसकेका छन् । आधुनिक तथा शास्त्रीय संगीतको प्याटनमा रमाउने उनको संगीतको कम्पोजले निकै माथिल्लो तहको पुरस्कारहरू समेत जितेको छ । उनकै शब्दमा रहेको गीत, ‘खोपी राखुँला नि लैै लै तिम्रो नाम दर्शनै ढुंगामा’ बोलको गीतले ०६५ सालमा बिबिसी अवार्ड नै जितेको थियो । हाल काठमाडौंको बसुन्धरामा नयाँमार्गी संगीत विद्यालय सञ्चालन गरेर बसेका किरातले नेपाली सदवहार संगीतमा समेत आफ्नो उपस्थिति उतिकै दिएका छन् ।

डाक्टर किरातले किराती संस्कृतिसँग जोडिएका कवि, गीतकार तथा साहित्यकार भूपाल राईको सुन बालुवामा, थामी राख्नु है छोरा, सुनैको केश धोएँ सुनकोसीमा बोलका कालजयी गीतमा संगीत गरेका छन् । यसको अलवा उनैले संगीत गरेको ‘यसपाली पनि हाम्रो भेट हुँदैन जस्तो छ’ निकै चर्चामा आएको गीत हो । यस्तै उनले निकै स्थापित रचनाकारदेखि नवसर्जकको समेत शब्दमा सुरहरू बगाएका छन् ।

भर्खरै मात्र लबकुमारको सोलो शब्दमा डाक्टर किरातले सोलो संगीत दिएको गीति एल्बम ‘बिसाउनी’ बजारमा आएको छ । उनले यसको अलवा फुटकर संगीतहरू पनि गरिरहेको बताउँछन् । उनले नयाँदेखि पुराना गायकगायिका तथा रचनाकारसँग राम्रै संगत गरेकैले होला उनको संगीत विद्यालयमा समेत राम्रै आउजाउ चल्ने गरेको छ । हेर्दा अपत्यारिलो तर संगीतको सागरको मध्यभागसम्म डुब्न सक्ने युवा संगीतकार किरातले आफ्नो जीवन पुरै संगीतको साधना र सिर्जनामा बिताउने बताउँछन् । उनले भने, ‘आधा उमेर यही कर्ममा बिताइयो अब अर्को कर्म कसरी रोजुँ ।’ मिहेनत र पसिना बगाउन सके नेपाली संगीतको बजार समेत नराम्रो नरहेको बताउँदै उनले स्रष्ठा सर्जकहरूले समेत इमानदारी देखाउन आवश्यक रहेको बताउँछन् ।

अक्करिलो यात्रामा निस्किएका संगीतकारका रूपमा आपूmलाई उभ्याउँदै आएका उनले ‘अक्कर मै सुनाखरी फुल्छ’ भन्ने भनाइलाई सार्थक तुल्याउने कोशिसमा आपूm रहेको बताएका छन् । एउटा स्रष्ठाले गर्नुपर्ने व्यवहार तथा देखाउने क्रियाकलापका कारण अन्य यही क्षेत्रको स्रष्टाहरूले शिर झुकाउनुपर्ने किसिमको कामहरूबाट बच्ने हो भने गीत संगीतमा लगानी गर्नेहरू समेत उतिकै उत्साहित भएर आउने उनले बताए ।

संगीतको बजार छैन भन्ने हो भने यो क्षेत्रमा लागि परेकाहरूले के गरेर खाइरहेका छन् त ? उनी प्रश्न राख्छन् । काठमाडौंमा यतिका रेर्कडिङ स्टुडियो खुलेका छन् ती पनि चलेकै छन् । गीतकार हुँ, संगीतकार हुँ, गायकगायिका हुँ भनेर अरू केही नगरे पनि बाँचेकै छन् । गीतसंगीतको बजार छैन भनिए पनि १ महिनामा १० देखि १५ वटा एल्बमहरू बजारमा आइनैरहेका छन् । कसरी भन्ने हो आफँैलाई अचम्म लाग्ने गरेको उनले बताए ।

संगीतको बजार खस्किनसकेको भन्दै उनले संगीतको विकल्प अरू हुनै नसक्ने भएकाले बजार छैन भन्नु उपयुक्त नभएको बताए । उनले भने बरु क्वालिटीको गीतसंगीत दिन भने अहिलेका कलाकारहरूको कमजोरी रहेको उनको भनाइ रहेको छ ।

अहिले पहिलेको नारायण गोपाल, फत्येमान, बच्चुकैलास, अरुणा लामा, तारादेवी जस्ता कलाकारहरूको प्याटनमा गीत आउन छाडेको बताउँदै ती अग्रजहरूको जति त्याग र साधना गर्ने भए अहिले पनि बजार सुरक्षित रहेको किरातले बताए । उनले भने सरकारले समेत प्रतिभाको पहिचान गर्न प्रयास नगरेको तथा स्रष्टाहरूलाई गर्नुपर्ने सम्मान तथा दिनुपर्ने सुविधा नदिएको उनको गुनासो रहेको छ ।

उनले विकास सँगै कला र संगीतको क्षेत्रमा समेत व्यापक सुधार आउन जरुरी छ । ‘कलाकार देशको गहना होइन त्यो अनिवार्य पोसाक हुनुपर्छ ।’ उनले भने, ‘जब पोसाकविना मान्छे हिँडन सक्तैन त्यस्तै संगीतविना मान्छे बाँच्न नसक्ने भइसक्यो ।’

उनले दुःखमा दःख बिर्साउन संगीत र खुसीमा खुसी बाँड्न पनि संगीत नै हुन थालेको भन्दै अझ व्यवस्थित गराउने हो सबै संगीतकर्मीहरूलाई इतिहासले अवश्य सम्झने बताए ।

प्रतिक्रिया