‘आवेग’को नयाँ गीत सार्वजनिक

aabeg-new-ongकाठमाडौं, ९ चैत । आगामी १२ चैतमा चलचित्र ‘राहादानी’सँग प्रतिस्पर्धामा आउन लागेको चलचित्र ‘आवेग’को नयाँ गीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘कोही तिमीलाई’ बोलको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने अर्चना डेलालाको नृत्य रहेको छ ।

सूर्य कार्कीको प्रस्तुतिमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आवेग’मा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ । चलचित्रको निर्माण धनसिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् । चलचित्रका निर्देशक निरौला ‘आवेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएका कारण दर्शकको साथ राम्रो पाउनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया