सुरु भयो ‘छक्का पञ्जा’

Dipak-Giriकाठमाडौं, ८ चैत । नेपाली चलचित्र ‘छक्का पञ्जा’को छायांकन सोमबारबाट सुरु भएको छ । ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ निर्माण गरेको टिमले नै निर्माण गर्न लागेको ‘छक्का पञ्जा’को अधिकांश सुटिङ पनौती, खोपासीमा हुने निर्माण युनिटले जनाएको छ । यस्तै चलचित्रका केही दृश्यहरू नेपालथोक र भक्तपुरमा पनि केही सुटिङ हुने हुने जनाइएको छ ।

‘६ एकान ६’ र ‘वडा नम्बर ६’ बनाएको पुरानै टोलीले ‘छक्का पञ्जा’ बनाउन लागेको हो । पहिलोपटक दीपाश्री निरौलाले निर्देशन गर्न लागेको यो चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, बुद्धि तमाङलगायत कलाकारहरूको अभिनय रहनेछ ।

यस अघि ‘वडा नम्बर ६’ को गीत ‘सुर्केथैली’ गाएका राजनराज शिवाकोटीले नै ‘छक्का पञ्जा’का लागि गीत गरेका छन् । यस चलचित्रका लागि अहिलेसम्म २ वटा गीत फाइनल भइसकेको छ । अर्को गीत दीपक शर्माले गर्नेछन् । त्यस्तै चलचित्र ‘छक्का पञ्जा’को छायांकन सुरु हुनुभन्दा अगाडि नै महँगोमा बिक्री भएको छ ।

खबरका अनुसार हाइलाइट्स नेपालले चलचित्र फ्लोरमा जानुपूर्व नै मोटो रकममा चलचित्रको ओभरसिज प्रदर्शन राइट्स तथा भिसिडी र युट्युब राइट्स किनेको हो । चलचित्र टिमले यो विषयमा कुनै पनि जानकारी नदिए पनि हाइलाइट्सले ‘छक्का पञ्जा’ ४० लाख बढी रकममा लिएको बताइएको छ ।

प्रतिक्रिया