खुसीको सीमा छैन : राजकुमार ह्यारी

Xof/L nlntk'/df a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ cfOtaf/ nlntk'/df j}zfvsf] e"sDkn] Iflt k'¥ofPsf] ;a}eGbf k'/fgf] / P]ltxfl;s dlGb/ lx/0oj0f{ dxfljxf/-Sjfjxf_sf] e|d0f ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf6f, /f;;

काठमाडौं, ७ चैत । कहिले ल्यापटप त कहिले बन्दुक अनि कहिले हेलिकप्टर उडाउनमा समय दिँदै आएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आइतबार काष्ठकलामा प्रयोग हुने नेपाली परम्परागत औजारमा रमाए । काष्ठकला निर्माणमा मुख्य रूपमा प्रयोग हुने औजार समाउँदै ३२ वर्षीय परोपकारी ह्यारीले भने, ‘तस्बिरमा तपाईंहरूको सुन्दर हातले तयार गरेका उत्कृष्ट कला हेरेर म औधि रमाउँथे, यसको प्रशंसा गर्थें, आज तपाईंहरूसित प्रत्यक्ष भेट गर्दा खुसीको कुनै सीमा नै छैन ।’

गत वैशाख महिनामा गएको भूकम्पले क्षति पु¥याएको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन स्मारक क्षेत्रको आइतबार अवलोकनका क्रममा ह्यारीले पुनःनिर्माणमा जुटेका कालीगढसित त्यसबारे जानकारी लिए । राजकुमार ह्यारीले क्रममा सो क्षेत्रमा झन्डै पौने २ घन्टा बिताए ।

अहिले पुरातत्व विभागले स्मारक क्षेत्रअन्तर्गतका मुख्य स्थल मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचामा पुनर्निर्माण अगाडि बढाइरहेको छ । भूकम्पले सो क्षेत्रका राधाकृष्ण मन्दिर, हरिशंकर मन्दिर, चारनारायण मन्दिर र सोह्रखुट्टे पाटीलाई पूर्णरूपमा क्षति पु¥याएको थियो भने विश्वनाथ, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिरलगायतमा क्षति पु¥याएको थियो ।

काठमाडौं भ्याली प्रिजभेसन ट्रस्टमार्फत विभागले पुनर्निर्माणका काम बढाएको छ । राजकुमार ह्यारीले भत्किएका संरचनाका ऐतिहासिक पक्षको जानकारी लिएका थिए । भत्किएका संरचनालाई देखेर राजकुमार भावुक र चिन्तित देखिन्थे । ‘अब यी संरचना कसरी तयार गर्दै हुनुहुन्छ’ राजकुमार ह्यारीले कालीगढसित प्रश्न गरेका थिए ।

भण्डारखाल बगैँचाका वरिपरि काम गरिरहेका कालीगढसित भलाकुसारी गर्ने क्रममा ह्यारीले सो जिज्ञासा राखेका हुन् । सो अवसरमा कालीगढले चलाइरहेका औजारलाई राजकुमार ह्यारीले मागेर त्यसको चलाउने तरिकाबारे जिज्ञासा राखेका थिए । कालीगढले राजकुमार ह्यारीलाई आफ्ना सीप र पौरखलाई पुनर्निर्माणमा उपयोग गर्ने जानकारी दिएका थिए । उनले भूकम्पले क्षति पु¥याएका क्रमशः मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचा क्षेत्रको अवलोकन गरे । सो परिसरमा १९ स्मारक छन् । यसै स्मारक क्षेत्रलाई समेटी युनेस्कोले सन् १९७९ मा विश्वसम्पदा सूचीमा राखेको थियो । कलाकौशलका लागि सो क्षेत्र विश्वप्रसिद्ध छ ।

राजकुमार ह्यारीका पिता चाल्र्सले पनि ०३९ मा नेपाल भ्रमण गर्दा सो स्मारक क्षेत्रको भ्रमण गरेका थिए । ‘हाई ह्यारी’ भन्दै हात मिलाउन अगाडि बढेका स्थानीय युवासित हात मिलाउनसमेत राजकुमारले भ्याएका थिए । स्थानीय बुढापाकाले भने ह्यारीलाई नेपाली टोपी उपहार दिएका थिए ।

राजकुमार ह्यारीले आइतबारै ललितपुरको हिरण्यवर्ण महाविहार (क्वःवहा) गई जानकारी लिए । नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिरमध्ये सो मन्दिर पनि एक हो । पटकपटक जीर्णोद्धार हुँदै आएको सो मन्दिरलाई पनि गत वैशाख महिनामा गएको भूकम्पले क्षति पु¥याएको थियो ।

राजकुमार ह्यारी सोमबार पोखरा जानेछन् । पोखरामा उनलाई भव्य स्वागत गर्ने कार्यक्रम छ । ह्यारी पोखरा रहँदा गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

यसैबीच, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपालप्रति सहानुभूतिको नाटक नदेखाउन बेलायती राजकुमार ह्यारीलाई चेतावनी दिएको छ ।गेसोले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी ६० हजार गोर्खा सैनिक मारिँदा बेवास्ता गर्ने र क्षतिपूर्तिसमेत नदिने मुलुकका राजकुमारले अहिले नेपालप्रति सहानुभूति देखाउन खोज्नु नौटंकी मात्रै भएको बताएको हो ।

बेलायती राजकुमार ह्यारीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ताका क्रममा गोरखा सैनिकको प्रशंसा गरेका थिए । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले बेलायती राजकुमार ह्यारीले गरेको प्रशंसालाई नाटकको संज्ञा दिए । उनले सार्वभौम मुलुकका नागरिकलाई आफ्नो स्वार्थ अनुसार युद्व लड्न लगाएर स्वार्थ पूरा भएपछि बेवास्ता गर्ने मुलुकका राजकुमारले नेपाल भ्रमणका क्रममा प्रशंसाका शब्द खर्च गर्नु नौटंकी मात्र भएको बताए ।

गेसोका अध्यक्ष गुरुङले बेलायतले नेपालको सार्वभौमसत्तामाथि वर्षौंदेखि हस्तक्षेप गर्दै आएको भन्दै त्यस्तो मुलुकले मित्रताको कुरा गर्नु हास्यास्पद भएको बताए । उनले नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष भए पनि नेपालले बेलायतबाट दासता, अन्याय र धोका सिवाय केही नपाएको बताए । बेलायती राजकुमारले पोखरामा गोरखा भूतपूर्व सैनिकका परिवारलाई भेट्ने कार्यक्रम रहेका कारण गेसोका पदाधिकारी पोखरा पुगेका हुन् ।

प्रतिक्रिया