अनौठो गरी देश हाम्रो सिँगारौँ ।

कतै दौडदै थे चुनावीसभामा ।
सयौँ स्वप्न बाँड्थे खुसीको दिशामा ।।
दुबै हात जोडी तिनै झुक्न पुग्थे ।
हजारौँ भरोसा दिई हिँड्न पुग्थे ।।१।।

जिते भोट सारा र सत्ता समाले ।
भुले आज नारा, त्यहीं रम्न थाले ।।
न देखे तिनैले निराशा र प्यासा ।
न सुन्छन् तिनैले गरीबी गुनासा ।।२।।

न जापान बन्यो, न भो चीनजस्तो ।
भयो देश हाम्रो दिशाहीन जस्तो ।।
भनेथे गरीबी हटाएर छोड्छौँ ।
सबै ठाउँ बाटो पु¥याएर जोड्छौँ ।।३।।

मरुमा कयौँ भाइ, छोरा तड्पिँदैछन् ?
कतै फेरि चेलीहरू बेचिँदैछन् ।
नदी, ताल, खोला, लुटे देश सारा ।
सबैथोक बेच्दै बने भाइमारा ।।४।।

सधैँ शान्त नेपाल हामी बनाऔँ ।
खनौँ खेत आपैmँ, सिँचाइ पुराऔँ ।।
कतै धान रोपौँ, कतै फूल सारौँ ?
अनौठो गरी देश हाम्रो सिँगारौँ ।।५।।
(छन्द ः भुजंगप्रयात)
–कलाकुञ्ज

प्रतिक्रिया