पार्टी एक ढिक्काको कामना गर्दै मन्दिरमा क्विन्टल लड्डु

बुटवल, ५ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टीलाई १ ढिक्का बनाउने कामनासहित रूपन्देहीको छपियास्थित दुर्गा मन्दिरमा कांग्रेसका स्थानीय नेताहरूले १ क्विन्टल बढीको लड्डु चढाएका छन् । नेपाली कांग्रेस दयानगर गाउँ समितिले काँग्रेसका नेताहरूबीच एकताको कामना गर्दै आज शुक्रबार छपियाको दुर्गा मन्दिरमा १ क्विन्टल १ किलोको लड्डु चढाएको हो ।

लड्डु चढाउँदै उनीहरूले नेताहरूले विगतमा जस्तो पार्टीमा गुट उप गुट नभई एकबद्ध भएर अघि बढ्ने कामनासहित नव निर्वाचित केन्द्रीय सदस्य बालकृष्ण खाँणको सक्रिय र प्रभावकारी भूमिकाको अपेक्षा गरेका थिए ।

त्यसपश्चात आयोजित संक्षिप्त कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति प्रेमबहादुर फौज्दार, महासमिति सदस्य भगवती चौधरी, जिल्ला सदस्य कृष्णबहादुर गौतम, क्षेत्रीय सचिव घनश्याम चालिसे, सदस्य रफिक मुसलवान, गोपाल पाण्डेलगायतले कांग्रेसलाई गुटरहित बनाउन आपूmहरूले स्थानीय तहबाट पहल सुरु गर्दै केन्द्रमा पनि पहलका लागि दबाब दिने बताए ।

प्रतिक्रिया