खोजखबर

जीवितदेवीको बेलविवाह

सौर्य अनलाइन २०७२ चैत १ गते १६:३१ मा प्रकाशित

junisa copyजीवितदेवीका रूपमा पूजिँदँ आएको भक्तपुर तलेजुको एकान्त कुमारी जुनिशा शाक्यको बेलविवाह हुने भएको छ । आगामी ११ र १२ चैतमा कुमारीको बेलविवाह हुने भएपछि भक्तपुुरमा कुमारी रिक्त रहने भएको छ । भक्तपुरको एकान्त कुमारीमा उनलाई ७ वर्षको उमेरमा छनोट गरी ०७० सालको २१ साउनमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीको सिफारिसमा गुठी संस्थानले नियुक्ती गरेको थियो । तलेजु कुमारीका लागि १० वर्ष नाघेर ११ वर्ष पुगेमा वा बेलविवाह गरेमा कुमारीबाट स्वतः अवकाश हुने प्रावधानअनुसार बेलविवाह भएसँगै कुमारी जुनिशाले अवकाश पाउनेछन् ।

भक्तपुर नगरपालिका–३ नागपोखरीस्थित जुजुरत्न शाक्यकी छोरी जुनिशा हाल द राइजिङ इंग्लिस स्कुलमा कक्षा ४ मा पढ्दै छन् । तलेजु कुमारीका लागि भक्तपुरको बज्राचार्य वा शाक्य वंशीय कन्या मात्र कुमारी हुनुपर्ने परम्परा छ । भक्तपुरको बज्राचार्य वा शाक्य कन्या मात्र कुमारी हुनुपर्ने र कुमारी हुने कन्या सबै गुणले सम्पन्न, कुनै दाग, घाउँचोट नलागेको हुनुपर्ने, अपांग भएको नहुने र कुमारी खोज्दा कुमारी बन्न इच्छुक कन्यालाई परिवारको स्वीकृतिमा कुमारीको फूल टाउँकोमा राखेपछि बिरामी नपरेमा यस्ती कन्यालाई कुमारीको लागि छनोट गरिने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए ।

सुसारेले कुमारीको लागि उपयुक्त कन्या खोजेपछि तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले उपयुक्त दिन ठह¥याई सिफारिस गरेपछि गुठी संस्थानले ती कन्यालाई एकान्त कुमारीमा नियुक्ती गर्ने परम्परा छ । भक्तपुरका लागि आगामी दसैँ अगाडि नै नयाँ कुमारीको खोजी गर्नुपर्ने भएको छ ।

बहालवाला कुमारीलाई कौशीतोसाखानाबाट २ हजार २ सय ५० र गुठी संस्थानबाट ४ सय ५० गरी २ हजार ७ सय मासिक भत्ता दिइने व्यवस्था भएको र कुमारीबाट अवकाश पाएपछि पूर्वकुमारीलाई कौशीतोसा खानाबाट १ हजार र गुठी संस्थानबाट १ सय गरी मासिक १ हजार १ सय रुपैयाँ पारिश्रमिक दिने व्यवस्था भएको जोशीले बताए ।

एकान्त कुमारीका सुसारे नाइकेले आवश्यक प्रक्रिया पूरा गरेपछि कुमारीका लागि योग्यकन्या छनोट गर्ने कार्य मूल नाइके जोशीले गर्ने परम्परा छ । एकान्तकुमारी छनोट भएपछि दसैँको घटस्थापनादेखि पूर्णिमासम्म कुमारी घरमा बस्नुपर्छ ।

अन्य दिन आफ्नै परिवारसँग बस्न पाउने र विद्यालय जान पाउने व्यवस्था गरिएको छ । नेपाल सम्बत ६११ मा कुमारी पूजिने चलन सुरु भएको इतिहास भए पनि अहिलेसम्म कतिजना कुमारी बने भन्ने तथ्यांक छैन । गुठी संस्थानले ०४१ सालबाट कुमारीलाई भत्ताको व्यवस्था गरेयता भने ०४० मा गीता बज्राचार्य, ०४७ मा पद्मुसमना शाक्य, ०५१ मा नीलम बज्राचार्य, ०५६ मा सजनी शाक्य, त्यसपछि श्रीया बज्राचार्यले कुमारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय