“प्रधानमन्त्री नै कुलपति हुनुहुन्न”

kavre photoकाभ्रे, २८ फागुन । काठमाडौं विश्वविद्यालयको रजत महोत्सवको उद्घाटन समारोहको क्रममा धुलिखेल आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आपूmहरू फरक र दिगो विकासमा लागिपर्ने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आत्मविश्वाससाथ कठोर प्रयाससहित असल कार्यलाई निरन्तरता दिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले नयाँ पुस्तामा हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्ने बताएकी छन् ।

सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले सबै विश्व विद्यालयमा प्रधामन्त्री नै कुलपति हुनुपर्ने प्रणाली नै गलत भएको बताए । आफू नै इतिहासमा अन्तिम कुलपति हुने प्रधानमन्त्री भएको बताउँदै उनले यस्तो प्रणाली हटाउन लागेको बताए । उनले शैक्षिक क्षेत्रमा पनि अनुकरणीय व्यक्तित्वहरू रहेको र यसको श्रेयहरू उनीहरूले पाउनुपर्ने बताएका छन् ।

हरेक क्षेत्रमा आधुनिकीकरण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले कम जनशक्तिले नै पुग्ने शिक्षा आवश्यक रहेको पनि बताए । उनले नेपालमा दुईखाले शिक्षा प्रणाली भएकोप्रति लक्षित गर्दै आर्थिक हैसियताको आधारमा शिक्षाको गुणस्तर तय हुन नहुने जिकिर गरे । उनले पाइलटसमेत बेरोजगार भएको उदारण दिँदै व्यावहारिक शिक्षाको खाँचो रहेको बताए । छिमेकी देशहरू भारत र चीनसँगबाट धेरै कुरा सिक्नपर्ने भन्दै काठमाडौं विश्वविद्यालयले ल्याउने हरेक योजनामा आफ्नो सहभागिता हुने स्पष्ट पारेका थिए ।

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका सहकुलपति शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पनि शिक्षा क्षेत्रको चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विकृतीबारे आपूmहरू सजक भएर अगाडि बड्न बताए । नीति बनाउन उचित निर्देशनसमेत दिइएकोे बताएका छन् । कार्यक्रममा उपकुलपति रामकण्ठ माकजु, पूर्वउपकुलपति सुरेशराज शर्मालगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया