युवराजको चलचित्र ‘यारी’ बन्दै

yarii copyकाठमाडौं, २७ फागुन । नेपाली चलचित्रमा छुट्टै विशेषता रहेको चलचित्र यारी धमाधम निर्माणको चरणमा रहेको छ । प्राचीन सभ्यतालाई आधुनिकताले गाँजेको विषयवस्तुलाई यस चलचित्रमा कथाको रुपमा उठाईएको चलचित्र निर्देशक युवराज राईले जानकारी दिएका छन् । उनले वैचारिकरुपमा यारी निकै बलियो चलचित्र बन्ने बताए ।

ग्रामणि भेगमा गएर छाँयाँकन गरिएको यस चलचित्रलाई भोजपुरको साल्पापोखरी, सिलीचोङ, दोभाने, मैयुङ, काठमाडौलगायतका धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरुमा छायाङ्कन गरिएको उनले जानकारी दिए ।

चलचित्रमा युवराज राईको कथा, निर्देशन र छायाङ्कन रहेको यस चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, ज्योति राई, निर्भिक राई, विष्मीता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, वीरकुमार राईलगायतका दर्जनौ कलकारहरुका जीवन्त अभिनय रहेको छ ।
यस चलचित्रलाई युवराज राई, दछु राई र प्रवीण राईलगायतले निर्माण गरेका हुन् ।

प्रतिक्रिया