देउवालाई अवसर र चुनौती पनि

शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित भएका छन् । कांग्रेसमा सभापति सर्वेसर्वा हुने परम्परा छ । पार्टीको विधानमा जे लेखिएको भए पनि जसअपजस सबै सभापतिलाई दिने गरिएको छ । यसैले देउवासामु देश र पार्टी दुवैले सामना गरेका समस्या समाधानमा तत्काल लाग्नुपर्नेछ । कांग्रेसमा पहिलोपल्ट ०१७ सालपछि राजनीतिमा आएको पुस्ताको नेतृत्वमा आएको छ । पार्टीमा देउवाका समकालीन मात्र होइन उनीभन्दा वरिष्ठ नेताहरू पनि अझै क्रियाशील छन् । यता ०४० को दशकमा जन्मेको पुस्तासमेत केन्द्रीय समितिमै पुगिसकेको छ । यी दुवै हजुरबा र नाति पुस्ताका बीचमा पुल बनेर दलका विभिन्न स्वार्थका गुटहरूलाई व्यवस्थित गर्न नसके उनले पार्टीलाई एक ढिक्का बनाउन सक्ने छैनन् । पार्टीलाई एकताबद्ध बनाउन नसके देउवाको कुरा काट्नेका लागि बाटो खुल्नेछ । पुरानो संस्थापनबाट महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव पदाधिकारीमै भएको अवस्थामा देउवाका लागि पार्टी चलाउनु फलामको च्यूरा हुन सक्छ । यसैले उनले काखा र पाखा गरेको देखिनु हु“दैन । आफूस“ग निकट मानिएकालाई पन्छाएर पनि पुरानो संस्थापन पक्षका साथीहरूस“ग उदार व्यवहार गरे मात्र देउवाले पार्टीलाई एक बनाउने दायित्व पूरा गरेको मानिनेछ ।

सभापति देउवाका सामु मधेस आन्दोलनको सम्बोधन गरेर संविधान कार्यान्वयनका लागि अग्रसर हुनुपर्ने दायित्व पनि आइपरेको छ । संसद्को ठूलो दल भएकाले मात्रै होइन मधेसमा सबैभन्दा व्यापक जनाधार भएको दलका रूपमा पनि मधेस आन्दोलनप्रति नेपाली कांग्रेसको विशेष दायित्व हुन्छ । पार्टीलाई एकताबद्ध र सबल बनाउन पनि कांग्रेसको नेतृत्वले तराईमा विशेष ध्यान दिनैपर्छ । सत्तामा जान हतारिनेहरूलाई थामथुम पारेर पनि मधेस समस्या समाधानमा राष्ट्रिय सहमति जुटाउने मुख्य दायित्व सभापति देउवाकै हो । मधेस आन्दोलन भारतस“गको सम्बन्धमा पनि जेलिन पुगेको छ । भारत सरकारस“ग विश्वास र समझदारी कायम गर्न अगुवाइ गर्नुपर्ने दायित्व पनि सभापति देउवाको का“धमा आएको छ । अर्कातिर, नेपालभित्र भारतप्रति र कांग्रेसको भारतस“गको निकटताप्रति सन्देहका दृष्टिले हेर्नेहरूको संख्या सानो छैन । नेपालीको राष्ट्रिय स्वाभिमानमा पटक्कै सम्झौता नगरी भारतस“ग सम्बन्ध सुधार गर्न सक्नुपर्छ । यसैले यो अत्यन्त जटिल र संवेदनशील विषयलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिका लागि आवश्यक भए कांग्रेसले त्याग पनि गर्नुपर्छ भन्ने पार्टीका नेता कार्यकर्तालाई सहमत गराउने सभापति देउवाको अर्को दायित्व हो । यसक्रममा चीनस“ग विस्तार हुन लागेको आर्थिक सम्बन्ध र समझदारी खलबलिन नदिने र देशलाई स्वावलम्बनका दिशामा अग्रसर गराउने दायित्व पनि छ ।

सभापति देउवा अभिव्यक्ति र अभ्यास यसैले बढी सन्तुलित र संवेदनशील हुनुपर्नेछ । निर्वाचित भएपछि उनले यिनै विषयमा जोड दिएका पनि छन् । देशको सबैभन्दा ठूलो, पुरानो र अन्तर्राष्ट्रिय समुदायमा शाख भएको दलको नेतृत्वमा निर्वाचित हुनु आपैm“मा गर्वको विषय हो । तर, यसस“गै आउने चुनौती र दायित्व पनि सहज भने छैनन् । सभापति देउवा पार्टीलाई एक बनाउने र देशलाई समस्यामुक्त बनाउने दायित्व पूरा गर्न सफल होऊन् ।

प्रतिक्रिया