‘भाग् सानी भाग्’ले दियो आर्थिक सहयोग

bhag-sani-bhang-arthik-help copyकाठमाडौं, २१ फागुन । चैत ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘भाग् सानी भाग्’को युनिटले अस्ट्रेलियामा करिब ६ ठाउँबाट प्रदर्शन गरी उठाएको रकम क्यान्सरपीडित बालिकालाई प्रदान गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबिच रक्तक्यान्सर पीडित ७ वर्षीय बालिका रेजिना पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

अस्ट्रेलियाबाट नारायण पन्थी र विष्णु चापागाइँले पठाएको रकम राजधानीमा पत्रकार सम्मेलन गर्दै ७ वर्षीय बालिका रेजिना पौडेललाई चलचित्रकी नायिका केकी अधिकारी र नायक सविन श्रेष्ठले प्रदान गरेका छन् । जम्मा १ लाख ६६ हजार २ सय १५ रुपैयाँको चेक दिँदै चलचित्रकी नायिका केकी अधिकारीले ‘भाग् सानी भाग्’ आपूmले अभिनय गरेको चलचित्र भन्दा फरक बनेको जानकारी दिएकी छन् । उनले यो चलचित्रले दर्शकको मन जित्नेमा आपूm विश्वस्त रहेको बताइन् । ५ चैतबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘भाग् सानी भाग्’लाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता चेतन सापकोटाले चलचित्र ‘भाग् सानी भाग्’ दर्शकहरूको रोजाईको चलचित्र बनेको बताए । चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, नीर शाह, लय संग्रौला, रमेश बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । साथीभाई फिल्मस्का लागि विष्णु चापागाँईको प्रस्तुतिमा बनेका यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

प्रतिक्रिया