दक्षिण सुडानको संकट गहिरिँदै

जेनेभा । दक्षिण सुडानमा द्वन्द्वरत पक्षले शान्ति सम्झौतालाई लागू गरी अगाडि बढिरहेको बेला यहाँको मानवीय संकट चुलिँदै गएको सुडानका लागि संयुक्त राष्ट्रसंघ शान्ति अभियान प्रमुखले बताएका छन् । अभियान प्रमुख हार्वे लाडसोस भनछन्, ‘दक्षिण सुडानमा दशौँ हजार मानिसको मृत्यु भइसकेको छ, अहिले त हामीले मृतक संख्या गन्न नै गाह्रो पर्न थालेको छ ।’ युद्ध सुरु भएको तेस्रो वर्षसम्म आइपुग्दा करीब २ लाख मानिस घरबाट विस्तापित भइसकेका छन् ।

सन् २०१५को अगस्टमा युद्धरत पक्षबीच शान्तिवार्ता भएपछि यहाँका दलहरू यसलाई कार्यान्वयन गर्न अग्रसर छन् यद्यपि उपलब्धिलाई संस्थागत गर्न अझै धेरै समय लाग्ने अवस्था देखिन्छ लाडसोसले बुधबार पत्रकारसँगको कुराकानीका क्रममा उनले बताए । बेलायतले दक्षिण सुडानमा देखिँदै आएको हतियारको प्रवाहलाई कम गर्न हतियार व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको छ भने रसियाले यसप्रति विमति राख्दै यसले विद्रोहीलाई भन्दा सरकारलाई प्रभाव पार्छ भनिरहेको लाडसोसले बताए । यसो हुन् द्वन्द्व नियन्त्रण प्रयासमा प्रत्युदपादक हुने रसियाको मत भएको उनको मत छ ।

उच्च राष्ट्रसंघ अधिकारीका अनुसार दक्षिण सुडानमा द्वन्द्वका कारण ५० हजारभन्दा बढी जनताको मृत्यु भइसकेको छ । सुडानबाट सन् २०११ मा स्वतन्त्र भएपछि सन् २०१३ को डिसेम्बरपछि दक्षिण सुडान लगाताररूपमा द्वन्द्वको चपेटामा परेको थियो ।

सन् २०१५को अगस्टमा युद्धरत पक्षबीच शान्तिवार्ता भएपछि यहाँका दलहरू यसलाई कार्यान्वयन गर्न अग्रसर छन् यद्यपि गरिबीको मार भोग्दै आएको यस देशले परिवर्तनको महसुस पर्न भने पाएको छैन । (एजेन्सी)

प्रतिक्रिया