कांग्रेस महाधिवेशन : कसले के भने ?

g]sfsf] !#cf}F dxflwj]zg pb3f6g  	 g]kfnL sfFu|];sf] P]ltxfl;s !#cfF} dxflwj]zg sf7df8f}Fdf laxLaf/ v'Nnfd~rdf cfof]lht eJo ;df/f]xdf :jfut uLt ufpFb} snfsf/x? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको १३औँ महाधिवेशनलाई कर्मकान्डी नबनाउन आग्रह गरेका छन् । खुल्लामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य दिँदै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले महत्वपूर्ण योगदान गरेको बताए ।

राणाशासनदेखि आजसम्म आउँदा कांग्रेसले धेरै उदाहरणीय काम गरेको उनले स्मरण गरे । कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै त्यो पूरा गर्ने गरी यो महाधिवेशनले नीतिहरू तयार गर्ने उनले विश्वास व्यक्त गरे । उनले राष्ट्रियताको सम्र्बद्धन र राष्ट्रिय एकताको लागि एमालेले कांग्रेससँग मिलेर काम गर्न चाहेको भन्दै जनताले कांग्रेसबाट सकारात्मक भूमिका खोजेकाले यसतर्फ ध्यान दिन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामी इमान र वचनमा अडान भएको कांग्रेस हेर्न चाहन्छौँ ।’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले बेलाबेला नेपाली जनताको भावनामा ठेस पु-याउने गरेको बताउँदै यस्तो नदोहो¥याउन आग्रह गरे । उद्घाटन कार्यक्रममा एउटै मञ्चमा रहेका भारतको सत्तारूढ भारतीय जनता पार्टीका नेता भगतसिंह कुसियारीलाई सम्बोधन गर्दै उनले प्रश्न गरे, ‘नाकाबन्दी बेहोर्नुपर्ने गरी हामीले के गल्ती ग-यौँ ?’ उनले नेपालमा भइरहेको राजनीतिक प्रयोगमा विदेशी मित्रहरूको सहयोग र साथ चाहिने बताए ।

एमाओवादी अध्यक्ष दाहालले कांग्रेसको अब आउने नेतृत्वले संविधान कार्यान्वयन गरी राष्ट्रलाई एकताबद्ध बनाउँदै विकास र निर्माण अघि बढाउनुपर्ने बताए । ६२ र ६३ सालको जनआन्दोलनपछि कांग्रेसको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नरहेको अवस्थामा नयाँ आउने नेतृत्वले अझ यसलाई ध्यान दिएर अघि बढाउनुपर्ने बताए । मुलुकको संकट नसकिएको भन्दै उनले संविधान कार्यान्वयन नै अबको बाटो भएको बताए ।

परिवर्तनका घटनाक्रममा अरू पार्टी पनि सँगसँगै रहेको उनले बताए, ‘कांग्रेसले मात्रै सबै ग-यो भनेर अरूले केही गरेनन् भन्नेमा मेरो मन चसक्क घोच्छ । गिरिजाप्रसाद कोइरालालाई दिलो ज्यानले साथ दिने दल र शक्तिलाई बिर्सेमा यो पाच्य हुँदैन ।’ उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आपूmले जोखिम उठाएकाले नै संविधानसभाबाट सुशील कोइरालाको नेतृत्वमा संविधान जारी हुनसकेको दाबी गरे ।

यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा भौतिक निर्माणमन्त्री विजयकुमार गच्छदारले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला आफ्नो आदर्श भएको बताए । उनले कांग्रेसकै नेतृत्वमा ०६२–६३ को आन्दोलनले संघीय लोकतान्त्रिक स्थापना गर्न सकेको भन्दै संविधानसभाबाट संविधान बनाउने काम पनि सुशील कोइरालाको नेतृत्वमा भएको बताए ।

यद्यपि, उनले संविधान कार्यान्वयनका लागि कांग्रेसको भूमिका आवश्यक रहेको सो अवसरमा बताए । उनले अगाडि भने, ‘समावेशी र समानुपातिक समाज निर्माणका लागि कांग्रेसको भूमिका छ । मेरो आग्रह छ, तपाईंहरू कांग्रेस प्रतिनिधि भएर आएर मात्र हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र स्थिरता कायम गर्नका लागि अहिले पनि कांग्रेसको नेतृत्व खाँचो छ । तपाईंहरू एकताबद्ध भएर जानुहोस् ।’

यस्तै राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले आफूहरूले कांग्रेसको महाधिवेशनलाई महत्वका साथ हेरिरहेको बताए । उनले कांग्रेसको महाधिवेशनले देशका अहिलेका समस्याको समाधान निकाल्ने सूत्र ल्याउँछ भन्ने आशा लागेको समेत बताए ।

मालेका अध्यक्ष सिपी मैनालीले कांग्रेस पार्टी निर्माता नेताहरूलाई स्मरण गर्दै कांग्रेसको देशको अग्रगामी सामाजिक परिवर्तन ठूलो भूमिका रहेको बताए । नेपालमा कांग्रेसले वामपन्थीहरूसँग सहकार्य गर्ने गरेको उल्लेख गर्दै मैनालीले देश नयाँ चरणमा प्रवेश गरेको अवस्थामा पनि सहकार्य अगाडि जानेछ भन्ने विश्वास व्यक्त गरे । संघीय गणतान्त्रिक संविधान ल्याउन सफल भएका छौँ । कोही नेपाली दुःखी हुन उचित नरहेको बताउँदै उनले भिन्नमतहरू समयक्रममा सम्बोधन हुँदै जाने जानकारी दिए । देश चुनौतिपूर्ण अवस्थामा रहेका बेला भएको काग्रेसको महाधिवेशनले चुनौतिपूर्ण यो समस्या हल गर्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताए । उनले राजनीतिक पार्टीहरू मिलेर परिवर्तन आएको दाबी गरे । पार्टीहरूमा मतभेद भए लोकतन्त्र संस्थागत गर्न र संविधान कार्यान्वयनमा समस्या हुने बताउँदै केसीले राष्ट्रियता जोगाउन एकताका खाँचो रहेको र कांग्रेसको आगामी नेतृत्वले यस विषयमा ख्याल गर्नुपर्ने सुझाव दिए ।

सञ्चालकका गल्ती नै गल्ती
कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन कार्यक्रमका विदेशीले स्वागत भाषण गरेका छन् । स्वागत भाषण गरेपछि बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको छ ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय गान तथा मौनधारण कार्यक्रमसमेत भएन । कार्यक्रम सञ्चालक कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेष तिवारीले गरेका थिए । उनले कार्यक्रमका सुरुमा गर्नुपर्ने काम पछिपछि गर्ने गरेको देखियो । प्रधानमन्त्री केपी ओली र बिहारका मुख्यमन्त्री नितिशकुमारले बोलेपछि राष्ट्रिय गान बजेको थियो । मुख्यसचिव तिवारीका त्रुटिका कारण कांग्रेस अधिवेशनमा महत्वपूर्ण कार्यक्रम छुटेको टिप्पणी भइरहेको छ ।

प्रतिक्रिया