केकी र रमेशको जोडी ‘ऐश्वर्या’मा

keki copyकाठमाडौं, १९ फागुन । नायिका केकी अधिकारी र अभिनेता तथा निर्माता रमेश उप्रतीको जोडी चलचित्र ‘ऐश्वर्या’मा जम्ने भएको छ । केही वर्ष अमेरिका बसेर नेपाल फर्किएका नायक रमेश उप्रेतीले करिब २ बर्षको होमवर्कपछि चलचित्र ‘ऐश्वर्या’ बनाउने भएका हुन् ।

चलचित्र विकास बोर्डमा नाम दर्ता नभएसम्म यो विषय निर्माणपक्षले लुकाएको थियो । मंगलबार विकास बोर्डमा ‘ऐश्वर्या’ नाम दर्ता भएपछि यसलाई सार्वजनिक गरिएको हो । उक्त चलचित्रलाई नवल नेपालले निर्देशन गर्ने भएका छन् । ‘चलचित्रले पारिवारिक कथा भन्नेछ । वैशाखको पहिलो साताबाट हामी छायांकनमा जानेछौँ ।’ नेपालले भने ।

चलचित्रका लागि नायिका केकी अधिकारी पक्का भइसकेकी छिन् । तर, चलचित्रको नाम कुनै एक पात्रमाथि केन्द्रित रहेर नराखिएको निर्देशकको भनाइ छ । उनको साथमा निर्माता उप्रेती मुख्य भूमिकामा देखिनेछन् । चलचित्रका लागि अझै एक जना नायिकाको खोजी भइरहेको निर्देशक नेपालले जानकारी दिएका छन् । रमेशले अमेरिकाबाट नेपाल आएर ‘ब्रासलेट’ नामक चलचित्रमा काम गरिसकेका छन् । चलचित्र ‘श्रीमान’ निर्देशन गरेसँगै चर्चामा आएका नवलले ‘महसुस’, ‘लज्जा’ र ‘भाग् सानी भाग्’ निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया