स्वास्थ कार्यालयलाई औषधि

kavre photo copy

काभ्रे । रिएल मेडिसिन फाउन्डेसन्स युएसएले काभ्रे जिल्ला स्वास्थ कार्यालय काभ्रेलाई १० करोड बराबरको औषधि हस्तान्तरण गरेको छ । बुधबार धुलिखेलमा एक कार्यक्रम गर्दै कार्यक्रम प्रमुख डा. मार्टिना सिफुले भूकम्पपछि नेपालमा भएको क्षति र त्यसपश्चात्को पहिलो चरणको उद्धार कार्यपछि यो कदम चालेका हुन् । उनले दोस्रो चरणमा राहतका विभिन्न कार्यक्रम गरेको बताउँदे जिल्लामा भएको ओषधि अभाव र बिरामीहरूमा देखिएको अनेकौँ समस्या प्रति आपूm परिचित भएको बताइन् । तत्कालीन समयमा भएको कठिन परिस्थतिलाई सामना गर्ने उद्देश्यले काभ्रे जिल्ला स्वास्थ कार्यालयलाई सो औषधिहरू वितरण गरेको बताएकी छिन् । उनले बेलायतलगायत २१ देशमा सो संथाले विभिन्न सामाजिक कामहरू गर्दै आएको पनि बताएकी छन् । उनी भन्छिन्, ‘भूकम्पपछिका अवस्थाहरू देख्दा मन थाम्नै सकेनौँ र तुरुन्तै रेस्क्युका कामहरूमा सरिक भयौँ ।’ हातेमालो कार्यक्रले मानवहितको वकालत गर्ने गरेको जिकिर गर्दै उनले आगामी दिनमा नेपालप्रतिको माया र साथ रहेने बताएकी छन् ।

सो संस्थाले नेपालस्थित (सेभ नेपाल) सोसियल एक्सन भोलिन्टिएरको समन्वय र सहकार्यमा भूकम्पपीडित सहयोगार्थ जिल्लाको विकट मानिने कोसीपारी क्षेत्रलाई विशेष ध्यानमा राख्दै सो औषधिको प्रयोग गर्ने वातावरण मिलाइने बताएको छ । कार्यक्रममा सभापति जिल्ला जनस्वास्थ कार्यालय काभ्रेका प्रमुख राजेन्द्रप्रसाद शाहले सो औषधिको कुनै पनि दुरुपयोग नहुनेमा आपूmहरू कटिबद्ध रहेको बताएका छन् । कार्यक्रममा प्रमुखअतिथिसमेत रहेका सांसद बिदुर सापकोटाले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए उनले नेपालीहरूको निःशुल्क पछिको भ्रमलाई चिर्न आवश्यक रहेको यस्तो जटिल बिषयमा सबै संवेदनशील भएर लाग्नुपर्ने बताएका छन् । नेपालका लागि सो संस्थाकी अध्यक्ष वर्षा धरेल, बच्चुराज बस्याल, सन्दीप केसीलगायतले भूकम्पपछिका जनजीवनको बारेमा मन्तव्य राखेका थिए । (सौस)

प्रतिक्रिया