‘गाउँमा स्वास्थ्यकर्मीको इज्जत बढेको छ’

healthpost copyकाठमाडौं, १९ फागुन । गाउँमा स्वास्थ्यकर्मीले कुनाकुनामा पुगेर स्वास्थ्य सेवा दिएकाले देशको इज्जत बढेको स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले बताएका छन् । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा भएको ‘सातौँ वार्षिक ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’का अवसरमा उनले ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्यकर्मीले पु¥याएको सेवा उच्चकोटीको रहेकाले सरकारले उचित मूल्याकंन गर्ने बताए ।

सम्मेलनमा स्वास्थ्यकर्मीले आफ्ना कार्यक्षेत्रमा रही सेवा गर्दाका क्रममा भोगिरहेका समस्याका बारेमा छलफल गर्ने र ती समस्या समाधानका उपाय खोज्ने प्रयास गरिने निक साइमन्स इन्स्टिच्युटका जिल्ला अस्पताल सहयोग विभागका प्रमुख जोतनारायण पटेलले जानकारी दिए । सम्मेलनमा ग्रामीणस्तरमा कार्यरत स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्ने, निरन्तर मेडिकल शिक्षा प्रदान गर्ने, सरकारी पद्धतिका बारेमा छलफल गर्नका लागि फोरम प्रदान गर्ने र स्वास्थ्यकर्मी, सरकारी निकायबीच सञ्जालका सम्भावनाको खोजी गरिने पटेलले बताए ।

सम्मेलनमा तीन दिनसम्म चल्ने छ । सम्मेलनमा देशका ५८ जिल्लाका ९७ ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया