गोल्डेन गेटलाई फुटसल उपाधि

Winner of Golden gate futsal copyकाठमाडौं । आयोजक गोल्डेनगेट कलेज ए ले अन्तर कलेज गोल्डेनगेट फुटसल प्रतियोगिता २०१६ को उपाधि हात पारेको छ ।

फाइनलमा गोल्डेनगेटले गुहेश्वरीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । विजयी टिमको लागि सविन डंगोलले १ मात्र गोल गरेका थिए ।
विजेता टिमले नगद ३० हजार र उपविजेता टोलीले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

शान्तिनगरस्थित फुटसल मैदानमा भएको २ दिने प्रतियोगितामा गोल्डेनगेट ‘बी’का प्र्रविन श्रेष्ठ उत्कृष्ट गोलकिपर र विजयी ‘ए’का सविन डंगोल उच्च गोलकर्ता घोषित भए । नविनले प्रतियोगिताभर ६ गोल गरेका थिए । उनीहरूले नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

गोल्डेनगेट बिबिएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरूको पहलमा भएको प्रतियोगिताको सेमिफाइनलमा गोल्डेनगेटले पवन प्रकृतिलाई १–० ले र गुह्येश्वरीले आयोजक ‘बी’लाई टाइब्रेकरमा २–१ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

विजयी खेलाडीहरूलाई गोल्डेनगेटका सिइयो रमेश सिलवालले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया