आइटी बेसबाट अनुसन्धान

दाङ । प्रहरी नायव महानिरीक्षक डिआइजी माधवप्रसाद नेपालले नेपालमा हुने हरेक जटिल अपराधहरूको अनुसन्धान आइटी बेसबाट हुने जानकारी दिएका छन् । बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा नेपालले अपराध दिनप्रतिदिन प्रविधियुक्त बन्दै गएको भन्दै नेपाल प्रहरी पनि समय अनुसार अनुसन्धानलाई पनि आधुनिक तरिकाबाट अगाडि बढेको र त्यसमा प्रहरीले सफलता प्राप्त गर्दै गएको बताए ।

उनले कालोबजारी र तस्करीलाई नियन्त्रण गर्न आपूm लागि परेको बताए । नेपालले कानुनको विपरीत हुने कुनै पनि कामलाई आपूmले प्रश्रय नदिने दाबीसमेत गरेका छन् । राजस्व ठगी तथा अवैध धन्दा गर्नेहरूलाई मैले छुट दिने छैन त्यसको निगरानी आफ्नो पहिलो प्रयास हुने नेपालले बताए ।

उनले जुनसुकै किसिमको अपराधीहरूलाई पनि आपूmले नछोड्ने भन्दै शान्ति सुरक्षा कायम गर्न आपूm राजनीतिक दलहरूको दबाबमा नपर्ने समेत बताए ।

नेपालले पार्टीको नाममा भेदभाव नगर्ने दाबी गरे । जनचाहना र कानुनमा रहेर काम गर्ने पनि उनले बताए । कार्यक्रममा बोल्दै डिआइजी नेपालले भन्सार नाकाबाटै सामान आयात र्नियात गर्नुपर्ने भन्दै अवैध तथा राजस्व ठगी गरी सामान ल्याउने र कालो बजारी गर्नेलाई आपूmले नछोड्ने चेतावनी दिए । यस्तै कुनै पनि आवरणमा हुने अपराधका घटनालाई आपूmले नछोड्ने बताए ।

त्यसैबीच मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद नेपालले मध्यपश्चिम क्षेत्रमा विपद् व्यवस्थापन सुरक्षा टोली स्थापना हुन लागेको जानकारी दिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा बिहीबार आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा डिआइजी नेपालले १५ जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि १ सय २५ सदस्यीय विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मीको टोली पायकपर्ने स्थानमा राख्ने तयारी भएको जानकारी दिए । स्रोत र साधन र जनशक्तीको अभावमा विपद्मा नागरिकले अपेक्षा गरे अनुरूपको सेवा प्रहरीले दिन नसकेको नेपालले बताए ।

डिआइजी नेपालले कम्तीमा ६ महिनाभित्र सिआइबीको सहयोगमा दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजको हत्या र बाँकेमा भएका दुईवटा हत्याको घटनाले सफलता पाउने अपेक्षा उनले गरे । उनले अन्तर्राष्ट्रिय सहयोगमा दाङको भालुवाङ, बिजौरी र चिराघाटमा सुविधा सम्पन्न प्रहरी बन्ने जानकारी दिए । कार्यक्रममा राप्ती अञ्चल प्रहरीप्रमुख प्रेमचन्द र जिल्ला प्रहरी प्रमुख कुवेर कडायतलगायतले बोलेका थिए ।

प्रतिक्रिया