आकाशदीपलाई पहिलो स्थान

karate copyकाठमाडौं । आकासदीप स्कुलले प्रथम मध्यमाञ्चल गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । नेपाल गोजुरियो कराते डो संघ कपन डोजो र त्री ज्योती स्कुल कपनको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा एक्सेल स्कुल दोस्रो तथात्री ज्योति स्कुल तेस्रो भएको आयोजक डोजोका प्रमुख दीपक लामाले बताए ।

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव न्यौपानले पुरस्कार वितरण गरे । पुरस्कार वितरण समारोहमा सेन्ट लरेन्स कलेजका निर्देशक कृष्णप्रसाद दंगालले पनि मन्तव्य ब्यक्त गरे । प्रतियोगिताको उद्घाटन १४ वटै ८ हजार मिटरभन्दा माथिल्ला उचाइ भएका हिमाल आरोहण गर्ने मिङमा शेर्पाले गरेका थिए । (सौस)

प्रतिक्रिया