गीतकार थापा सम्मानित

thapa copyकाठमाडौं, ११ फागुन । ‘फूलै फूलको मौसम तिमीलाई’ चलचित्र युनिटले गीतकार रत्नशमशेर थापालाई सम्मान गरेको छ । चलचित्रको प्रचारप्रसारको क्रममा रहेको युनिटले थापाको शब्दलाई सापटी लिएर चलचित्रको नाम राखिएको भन्दै सम्मान गरेको हो ।

आगामी २१ फागुनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलै फूलको मौसम तिमिलाई’को प्रचारप्रसार अहिले आक्रमक बनाइएको चलचित्रका निर्देशक दिनेश डिसीले जानकारी दिएका छन् । थापाको शब्द रहेको सो गीतमा स्वर्गीय तारा देवीले आवाज भरेका थिए । सुपर पावरको कथालाई उठान गरेको यो चलचित्र आपूmले २४ वर्षे यात्रामा कमाएको पैसा लगाएर चलचित्र निर्माण गरेको बताउँदै डिसीले चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ उत्कृष्ट बनाएको समेत दाबी गर्दै आएका छन् ।

त्यस्तै चलचित्रका नायक आमेष भण्डारी र नायिका नीता ढुंगानाले पनि चलचित्र दर्शकहरूले सोचेको भन्दा पनि उत्कृष्ट बनेको बताएका थिए । चलचित्रमा सुरेश अधिकारीको संगीत, राजेशपायल राईको स्वर, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो चलचित्र दिनेश डिसी प्रोडक्सनको ब्यानरमा तयार भएको हो ।

प्रतिक्रिया