डिसिएल–३ लाई सगरमाथाको साथ

dcl 3 copyकाठमाडौं, ९ फागुन । धनगढी क्रिकेट लिग (डिसिएल) भाग–३ लाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ ।

प्रतियोगिता आउँदो २२ फागुनबाट १३ चैतसम्म क्रिकेटको सहर धनगढीमा सुरु हुनेछ ।

आइतबार राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्य प्रायोजक सगरमाथा सिमेन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सगरमाथा सिमेन्टले मुख्य प्रायोजक गरेवापत आयोजकलाई १० लाख रुपैयाँ दिने भएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले सगरमाथा सिमेन्टको साथले धनगढी क्रिकेट लिगलाई अझ भव्य बनाउन सहयोग पु¥याउन मद्दत पुग्ने बताए । ‘धनगढीलाई सिटी अफ क्रिकेट बनाउन सबैको भूमिका महत्वपूर्ण छ, त्यसबाट हौसिँदै हामीले नेपालमै पहिलोपटक अक्सनमार्फत खेलाडीहरू प्रतियोगितामा भित्र्याएका छौँ ।’ अध्यक्ष शाहीले भने, ‘सगरमाथाको साथले हामीलाई प्रतियोगिताको निरन्तरतामा ठूलो सहयोग पु¥याउने विश्वास लिएका छौँ ।’ सगरमाथा सिमेन्टका निर्देशक आदित्य संघाईले सम्झौतापत्रमा हस्ताक्षर गर्दै धनगढी क्रिकेट लिगमा जोडिन पाउँदा आपूmहरू निकै खुसी भएको बताए । ‘सिटी अफ क्रिकेट धनगढीले छोटो समयमा गरेको क्रिकेट विकासबाट हामी निकै प्रभावित भई स्वतःस्फुर्त रूपमा प्रतियोगितामा जोडिएका हौँ’, उनले थपे ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले डिसिएल–३ प्रतियोगिताले नेपाली क्रिकेटको विकासका लागि नौलो अभ्यास गरेकाले सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै ओलम्पियन दीपक विष्टले प्रतियोगिता देश कै गौरव भएको बताए ।

प्रतियोगितामा स्थानीय ठाउँको नाम झल्कने गरी ५ टिम बनाइएको छ । प्रतियोगितामा सन्तोषी टिम, हसनपुर, चौराहा, अत्तरिया र क्याम्पस रोडको ५ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताका लागि पहिलोपटक फ्रेन्चाइज, अक्सन र खेलाडीको मोलतोल गरिएको थियो । जसमा नेपाली यु–१९ का कप्तान राजु रिजाल सबैभन्दा बढी ४० हजारमा टिम सन्तोषीमा बिक्री भए । विनोद भण्डारी अत्तरिया तथा ललित सिंह भण्डारी क्याम्पस रोडको टिममा समान ३६ हजारमा बिक्री भएका थिए । यी ५ टिमबाट राष्ट्रिय टिमका खेलाडीहरू तथा स्थानीय खेलाडीहरू पनि समावेश छन् । मेहबुब आलम, भूवन कार्की, योगेन्द्र कार्की, नरेश बुढाएर, सुनील धमला, प्रेम तामाङ, दीपेद्र सिंह ऐरी र ललित बमलगायत खेलाडीहरूले विभिन्न क्लबबाट प्रतियोगितामा खेल्नेछन् ।

२०–२० फम्र्याटमा लिगकम नकआउटको आधारमा हुने खेलको शीर्ष ४ टोलीले प्लेअफ खेल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै हरेक खेलमा म्यान अफ दि म्याच हुनेले जनही ५ हजार तथा म्यान अफ दि सिरिज हुनेले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेलहरू धनगढी अञ्चल प्रहरीको टर्फ मैदानमा हुनेछ ।

प्रतिक्रिया