एसियन रग्बीमा पराजय

rugbbyचेन्नई, ८ फागुन । भारतको चेन्नाईमा जारी एसियन रग्बी सेभनमा नेपालको पुरुष तथा महिला टिम दुवै पराजित भएका छन् ।

चेन्नईको नेहरू स्टेडियममा शनिबार भएको ३ खेलमा पुरुष टिमले हारको सामना गरे । पहिलोपटक एसियन रग्बीमा सहभागिता भएको नेपाल भारतसँगको पहिलो खेलमा ६–०, युएईसँग ८­–० र सिरियासँग सुधारिएको प्रदर्शन गरे पनि ३–१ ट्राइले स्तब्ध भयो । पुरुष टिममा एसियाका उत्कृष्ट राष्ट्र समावेश छन् । समूह ‘ए’मा रहेको नेपालको पुरुष टिममा ५ राष्ट्र छन् । समूह ‘ए’मा युएई, फिलिपन्स, भारत, सिरिया र नेपाल छन् । समूह ‘बी’मा भने थाइल्यान्ड, चाइनिज ताइपेई, लेबनान, बंगलादेश र इन्डोनेसिया छन् । रग्बी प्रशिक्षक हरिबहादुर तामाङले भने ‘सिरियासँगको खेलमा जित्ने मौका हामीले गुमायौँ । तर, पुरुष टोलीले राम्रो खेले पनि सिरियाको उत्कृष्ट डिफेन्सले गर्दा हार बेहो¥यौँ ।

अर्कोतर्फ पहिलोपटक अन्तर्राष्टिय प्रतियोगिता खेलेको महिला टिमले पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । पहिलो खेलमा भारतसँग ६–० ट्राइले पराजित भएको महिला टोली दोस्रो खेलमा गमसँग ५–० ट्राइले हार बेहो¥यो । केही महिनाअगाडि मात्र बनेको महिला टिमले एसियन रग्बीमा पराजित भए पनि टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको रग्बीका मुख्य प्रशिक्षक गोविन्द घिमिरेले बताए । उनले भने पहिलो खेलमा नै प्राविधिक समस्या भएकाले उनीहरूले हारको सामना गरे । त्यस्तै महिला टिममा भने कुल ५ राष्ट्र सहभागी छन् । महिला टिममा नेपाल, गम, भारत, दक्षिण कोरिया र इन्डोनेसिया रहेका छन् ।

प्रतियोगिता आइतबारसम्म चल्ने प्रतिस्पर्धामा नेपालको दुवै टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया